
पोखरा-आईसिसी यु १९ विश्वकप एशिया छनोट प्रतियोगिताको लागि १८ जनाको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार साँझ सार्वजनिक गरिएको नाममा पोखराका दुई खेलाडीले स्थान पाएका छन् ।
पोखराका सिब्रिन श्रेष्ठ र सोहेल कुँवरलाई समावेश गर्दै यु १९ को विश्वकप एशिया छनोटको लागि १८ सदस्यीय टोली घोषणा गरिएको हो । नरेश भट्टको कप्तानीमा टोली सार्वजनिक गरिएको क्यानले जनाएको छ । यद्यपी अन्तिम १४ जनाको भने केही दिनपछि सार्वजनिक गर्ने क्यानले जनाएको छ ।
टोलीमा साहिल पाटेल, दर्श सुनार अशोक धामी, युवराज खत्री, विपिन शर्मा, अभिषेक तिवारी(उपकप्तान), दिलसाद अलि, दयानन्द मण्डल ,अरविन्द घर्ती, नितेश पटेल, निरजकुमार यादव, रोशनुकमार विश्वकर्मा, सन्तोषकुमार यादव, अप्राजित पौडेल, अमर मिश्र रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् । अप्रजित पौडेल भने नवलपुरका हुन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…