
पोखरा-आईसिसी यु १९ विश्वकप एशिया छनोट प्रतियोगिताको लागि १८ जनाको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार साँझ सार्वजनिक गरिएको नाममा पोखराका दुई खेलाडीले स्थान पाएका छन् ।
पोखराका सिब्रिन श्रेष्ठ र सोहेल कुँवरलाई समावेश गर्दै यु १९ को विश्वकप एशिया छनोटको लागि १८ सदस्यीय टोली घोषणा गरिएको हो । नरेश भट्टको कप्तानीमा टोली सार्वजनिक गरिएको क्यानले जनाएको छ । यद्यपी अन्तिम १४ जनाको भने केही दिनपछि सार्वजनिक गर्ने क्यानले जनाएको छ ।
टोलीमा साहिल पाटेल, दर्श सुनार अशोक धामी, युवराज खत्री, विपिन शर्मा, अभिषेक तिवारी(उपकप्तान), दिलसाद अलि, दयानन्द मण्डल ,अरविन्द घर्ती, नितेश पटेल, निरजकुमार यादव, रोशनुकमार विश्वकर्मा, सन्तोषकुमार यादव, अप्राजित पौडेल, अमर मिश्र रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् । अप्रजित पौडेल भने नवलपुरका हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…