
पोखरा-अन्तिम ओभरसम्म तानिएको खेलमा स्याङजाले नवलपुरलाई एकबल बाँकी रहँदा ४ विकेटले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो पुरुष टी २० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।
जितको मध्यम लक्ष्य पछ्याएको स्याङजाले जितको लागि अन्तिम ओभरसम्म संघर्ष गर्यो । अन्तिम ओभरमा केवल दुई रन जोड्न स्याङजाले चार बल खर्र्चियो । चार बलमा दुई रन लिदैं स्याङजाले जितको खुशीयाली मनाउँदा नवलपुर भने उपविजेतामा चित्त बुझायो ।
प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा स्याङजाले जितको लागि १२९ रनको लक्ष्य पछ्याएको थियो । अनिश ताम्राकारले ११ र अश्विनी राणा १३ रनको अविजित रहँदै जित पक्का गरे । उनीहरु दुवैले अन्तिम ओभरमा दुई रन सिंगल लिदैं पुरा गरेका थिए ।
स्याङ्जाले टस जितेर फिल्डिङ रोज्यो । नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले आक्रामक १८ रन बनाउँदै टिमलाई सम्मानजनक स्कोर तयार पारे । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच बने । यस्तै बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए ।
जवाफी व्याटिङमा इश्वर क्षेत्रीले ६ चौकाको मद्धतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए । क्षत्री र गौतमको महत्वपूर्ण पारीले जितको आधार तयार बनेको थियो । यद्यपी अनिश र ११ र अश्विनीले धैर्यता अपनाए । नवलपुरका लागि हिमाल न्यौपानेले २ विकेट लिए भने कप्तान कमल परियारले पनि २ विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए ।
च्याम्पियन स्याङजाले नगद रु १ लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा म्यान अफ दि सिरिज संगै वेष्ट व्याटरको उपाधि स्याङजाका सन्दिप खत्री क्षेत्रीले हात पारे । उनले ट्रफी संगै नगद रु ४ हजार प्राप्त गरे भने वेष्ट बलर पर्वतका अमृत गुरूङ र उदियमान खेलाडी तनहुँका वंश क्षेत्री घोषित भए । उनीहरुले जनही नगद २–२ हजार प्राप्त गरे ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा सम्पन्न प्रतियोगितामा विजेता टोली तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, प्रतियोगिताका संयोजक ऋषीराम गौतम संघका सचिब सुमनराज कार्की, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…