
पोखरा-अतिरिक्त समयको पहिलो हाफको इन्जुरीमा गोल निकाल्दै मनाङ मस्र्याङ्दी क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दा पाहुना टोली नर्थ थण्डरबोल्ट युनाईटेड सिक्किम बिदाई भएको छ । अभागी बनेकोे सिक्केमी टोली निराशसँगै असन्तुष्ट हुदैं गोल्डकपको यात्राबाट विट मार्यो ।
पोखराको मैदानमा मनाङ मस्र्याङ्दी फेरी एक पटक भाग्यमानी बन्यो । अतिरिक्त समयको इन्जुरी समयमा गोलको खडेरी तोड्दै आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समयमा दुवै टोलीले गोल रहित खेले । पहिलो हाफको इन्जुरी समय(१०५+१ मिनेट) मा मनाङले गोल गर्दै प्रतिस्पर्धात्मक जित निकाल्यो ।
एकपछि अर्को राम्रो मुभ बनाएको सिक्किमे टोलीले भने अभागी जस्तै देखियो । सहाराको गोल अघि सिक्किमे टोली अभागी बन्यो । सुरग क्षत्रीको पावर सट क्रसबारमा लागेर बल गोललाईन नजिकै ड्रप हुदैं बाहिर निस्कियो । सिक्किमे टोलीले गोलको अपील गरे । तर रेफ्रीले अपीललाई स्वीकारेनन् ।
त्यस लगत्तै सहाराले अतिरिक्त समयको इन्जुरी समयमा कर्नर प्राप्त गर्यो । जुन कर्नरले सहारालाई अन्तिम चारको यात्रा तय गरायो । एन्ड्रयु इबोयमोआले हानेको कर्नर बललाई आशिष श्रेष्ठको हेडर गोलमा परिणत भएपछि मनाङले अग्रता लियो । प्लेयर अफ दि म्याच श्रेष्ठको गोल निर्णायक बन्यो । मनाङको यात्रा अन्तिम चारमा पुग्यो । पाहुना टोली निराश हुदै बाहिरियो ।
सिक्किमे टोलीको केही मुभ लोभलाग्दो रह्यो । सबै मुभलाई मनाङका गोलरक्षक विशाल केसीले बचाउ गर्दै मनोबल कमजोर बनाउन दिएनन् । सिक्किमे टोलीका लागि १४ औं मिनेटमा बक्सर प्रधानको प्रहारलाई पन्च गर्दै बचाउ । १६ औं मिनेटमा उस्तै अवसरलाई पाहुना टोली गुमाउन पुग्यो । ओलवी अफिजको पासलाई सुरग क्षत्रीको प्रहार पनि बचाउ भएपछि पाहुना टोली दबावमा रह्यो । हुन त मनाङले पनि केही अवसर गुमायो । पहिलो हाफमै विशेष लामाको माईनस पासलाई कसैले पनि कलेक्ट गर्न सकेनन् । ३३ औं मिनेटमा अनिलकुमार मगरले अफसाईड ट्रयाप पार गर्दै सिक्किमे गोलकिपर मात्रै रहेको अवस्थामा समेत बललाई पोष्टको दिशा दिन सकेनन् ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजनमा आयोजित गोल्डकपको मंगलबार अन्तिम क्र्वाटरफाईनल खेल विदेशी टोली आभा फुटबल क्लब उज्वेकिस्तानले प्लानिङ ब्वाईजसँग खेल्ने छ ।


धन बस्नेत/कास्की उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनल यात्रा तय गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—०…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…