
पोखरा-जवलाखेलले अन्तिम चारमा प्रवेश गर्दा अपी पावर चर्च ब्वाईजलाई पोखराको मैदानमा ३—० गोलले पन्छायो । पोखराको मैदानमा मौसम चिसो थियो । तर जावलाखेलले पोखराको मैदानमा अन्तिम चारमा प्रवेश गर्दै न्यानोपनको अनुभूति गर्यो ।
सहारा क्लबको आयोजनामा आईतबार भएको प्रतिस्पर्धामा पहिलो हाफ दुवै तर्फबाट गोलरहित टुंगियो । तर दोस्रो हाफ शुरु भएको केही मिनेटमै चर्च ब्वाईजले गोलको सामना गर्दै पछि पर्यो । जावलाखेलले ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउने क्रममा चर्चका गोलकिपर दिप कार्कीको गल्तीलाई उपयोग गर्यो ।
कार्कीको हातको ग्रिपमा नआई फुत्किन पुग्यो । जावलाखेलका धर्मेन्द्र कुँवरले बल कलेक्ट गर्दै बललाई पोष्टको दिशा दिए । जसले जावलाखेललाई स्पष्ट अग्रता दिलायो । पहिलो गोलको खडेरी तोडेको जावलाखेलले दोस्रो गोल भने केही समय पर्खिन पर्यो । ८८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो ।
निकालोस ओडाने ह्याल्मिटनले गोल गरे । पोखराको मैदानमा विदेशी खेलाडीले आफनो नाम स्कोर बोर्डमा लेखाउँदै आएका छन् । दोस्रो हाफको इन्जुरी समयमा सुजन गुरुङको व्यक्तिगत गोलमा जावलाखेलले अपी पावर चर्च ब्वाईजलाई ३—० गोलको नजितासँगै २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गर्यो ।
हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको सोमबार मनाङ मस्र्याङ्दी क्लबले सिक्कीमको टोली थण्डरबोल्ड नर्थ युनाईटेड क्लबसँग खेल्ने छ । गोल्डकप विजेताले १४ लाख र उपविजेताले ७ लाख नगद राशी पुरस्कार प्राप्त गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…