
पोखरा-कास्की जिल्ला क्योकुशिन कराँते संघको आयोजनामानेपाल क्योकुशिन कान कराँतेको गण्डकी प्रदेशस्तरीय ब्ल्याक बेल्ट प्रमोसन परीक्षामा २१ जना परीक्षार्थी सहभागि भएका छन् । विभिन्न जिल्लाबाट सहभागि भएका प्रशिक्षार्थीले पोखरा रंगशालास्थित डोजोमा प्रशिक्षणसहितको परीक्षा दिएका छन् ।
परीक्षार्थीलाई कराँतेको पहिलो बिन्दुमा प्रवेश गरेको प्रशिक्षकहरुले औल्याएका थिए । कास्की, सल्यान, बाग्लुङ, पर्वत म्याग्दी लगायतका विभिन्न डोजोका खेलाडीहरुको सहभागिता रहेको थियो । दिपकबहादुर गोदार, लक्ष्मण कुँवर, भीमप्रसाद काफ्ले र धनबहादुर तामाङ लगायतका प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । प्रशिक्षकहरुकै उपस्थितिमा ब्राउन बेल्टका खेलाडीहरुले प्रत्येकसँग लड्दै ब्ल्याक बेल्टको परीक्षा दिएका थिए । प्रशिक्षक सुवास खडकाले परीक्षार्थीलाई क्योकुशिन कान कराँतेको मन्त्रोच्चारण गर्दै शुरुवात गरेका थिए ।
प्रमुख प्रशिक्षक दिपक गोदार, लक्ष्मण कुँवर तथा भीमप्रसाद काफ्लेले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा अहिले देखि नै जुट्नुपर्ने बताएका थिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अघिल्ला दुई सस्स्करणमा क्योकुशिन कान कराँते टिम च्याम्पियन भएको उल्लेख गर्दै दशौंमा पनि आफनो छविलाई कायमै राख्नुपर्ने बताउँदै खेलाडीलाई नियमित प्रशिक्षणमा रहनुपर्नेमा जोड दिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…