
धन बस्नेत/कास्की
सडन डेथमा फेरी एकपटक भाग्य चम्किदाँ सहारा क्लब नौ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि निकट पुगेको छ । पोखराको मैदानमा निकै भाग्यमानी क्लबको रुपमा दरिएको मनाङ मस्र्याङ्दी क्लब बुधबार अभागी बन्ने क्रममा सहारा क्लबसँग सडन डेथमा पराजित हुन पुग्यो ।
निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित टुग्याएका थिए । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा पुग्यो । सडन डेथमा सहाराका कप्तान शुशिल लामाको प्रहार गोल(७—६) भएपछि चौथो पटक फाईनल यात्रा तय गर्यो । अन्तिम पेनाल्टी हानेका सुरेश कुमालको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले बचाएपछि मनाङले सातौं पटक उपाधि उचाल्ने होडबाट बाहिरिन पुग्यो । निरन्तर फाईनल खेल्दै आएको मनाङको यात्रा सेमिफाईनलबाट टुंगिदाँ सहाराले उपाधिको लागि बिहीबारको विजेतासँग खेल्ने छ ।
सहारा २०६९ मा गोल्डकपको इतिहासमा पहिलो पटक फाईनल प्रवेश गरेको थियो । त्यसपछि ०७० मा दोस्रो पटक फाईनल खेल्यो । ०६९ मा थ्रीस्टारसँग पराजित हुदैं उपाधि विहीन बन्यो । ०७० मा मनाङ मस्र्याङ्दीसँग पराजित हुदैं उपाधि घरमै राख्ने अभिलाषा पुरा हुन सकेको थिएन् । ०७३ सालमा फाईनलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै(बाह्रौं सँस्करण)उपाधि उचालेको सहाराले ०८२ मा मनाङलाई नै पराजित गरेर दोस्रोा पटक उपाधि उचाल्ने संघारमा पुगेको हो ।
सहाराले घरेलु मैदानमा मनाङ विरुद्धको प्रदर्शन लोभलाग्दो भने रहेन् । यद्यपी केही राम्रा अवसर सृजना गरेपनि गोलरहित निराशमा दुईघण्टाको समय मैदानमा वितायो । खेलको पहिलो मिनेटमै सहाराका विक्की चामलिङ राईको प्रहार क्रसबारमाथिबाट बाहिरियो । मुकुन्द निउरेको पासमा राईको ८ यार्डबाट हिर्काएको बल हावामा उडेको थियो ।
२२ औं मिनेटमा मनाङका नवराज गुरुङको क्रसबल क्रसबारमा लागेर फर्किएको थियो । खेलको ६८ मिनेटमा सहाराका गणेश हमालको बल बाहिरिन पुग्यो । गोलकिपरबाट रिवाउण्ड भएको बललाई भली प्रहार गरेपनि बाहिरिदाँ सहारा अग्रता लिने अर्को अवसरबाट चुृक्न पुग्यो । मनाङका प्रशिक्षक अनिल तामाङले खेलाडीले रामा्रो खेल देखाएको बताउनुभयो । उहाँले पोलमा लागेर बल फर्किनु नै हाम्रो लागि दुर्भाग्य भएको बताउँदै खेलाडीलाई रेष्ट कम हुदाँ धेरै खेलाडी घाईते भएको सुनाउनुभयो । खेलाडी घाईते हुदाँ पेनाल्टीमा चुक्न पुगेको उहाँको भनाई थियो ।
सहाराका प्रशिक्षक सुनिल रानाले खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको बताउनुभयो । उहाँले अब उपाधि रक्षा गर्ने गरी आवश्यक तयारी गरिने समेत बताउनुभयो । खेलमा सहाराका डिफेन्स टाय डिनियल बादारु प्लेयर अफ दि म्याच घोषित भए । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित २५ औं आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाईनल जावलाखेल युथले पाहुनाटोली उज्वेकिस्तानको आभा फुटबल क्लबसँग खेल्ने छ ।


धन बस्नेत/कास्की उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनल यात्रा तय गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—०…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…