पच्चीस वर्षे यात्रामा ५५ क्लबको सहभागिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३० गते २०८२ मा प्रकाशित


धन बस्नेत/पोखरा

सहारा क्लबले गोल्डकप आयोजनाको पच्चीसौं वसन्त पार गर्यो । पच्चीस वर्षको यो रजत वर्षमा नेपाली र विदेशी क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्यो । दुई पटक उपाधि विदेशिदाँ बाँकी सँस्करण भने स्वदेश भित्रै रह्यो । अफ्रिकन युनाईटेड र ब्ल्याक बुल्स उज्वेकिस्तानले जित्दा उपाधि विदेशिन पुग्यो ।

क्याराभान गोल्डकप ०५८ सालमा शुरु गरेको थियो । त्यसपछि क्लबलाई हौसला थप्यो हिमश्री फुड्स प्रालिले । हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेसँगै सहाराले गोल्डकप यात्रालाई ०८२ सालको पच्चीसौं संस्करणलाई विट मार्यो । यो पच्चीस वर्षको यात्रामा ५५ क्लबले पोखराको फुटबल मैदानमा विभिन्न क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गरे ।

आहा गोल्डकपको पहिलो संस्करणको पहिलो खेल सहाराले रुपन्देही ११ सँग खेलेको थियो । सहाराले गोल्डकपको यात्रामा रातो, निलो र सेतो टिम बनाई उपस्थिति जनाएको थियो । सहारा निलोले रुपन्देही ११ सँगको प्रतिस्पर्धामा नजिता ३—१ गोल निकाल्यो ।

गोल्डकपको पहिलो संस्करणको पहिलो यात्रा जीतसँगै शुरु गरेको सहाराले दुई पटक उपाधि उचाल्यो । बाह्रौं संस्करण र पच्चीसौं संस्करणको उपाधि उचाल्दै सहाराले घरेलु मैदानमा इतिहासलाई दोहोर्यायो । नेपालकै प्रतिष्ठित यो गोल्डकपमा धेरै क्लबले सहभागिता जनाए । कतिपयले आफनो सहभागितालाई दोहोर्याए । केही क्लबले केही संस्करण खेलेर बीचमा अनुपस्थिति जनाए र पछि फेरी उपस्थिति जनाएका छन् । एन्फा एकेडेमीको विभिन्न उमेर समूहले प्रतिस्पर्धा गरेको थियो ।

गोल्डकपमा सहारासँगै रुपन्देही ११, सिटी योङ(भारत), धरान फुटबल क्लब, झापा ११, फ्रेण्ड्स क्लब, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, एन्फा एकेडेमी, इष्टर्न रेलवे(भारत), थ्रीस्टार, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मोहन बगान(भारत), संकटा क्लब, नाईटचेस क्लब, अफ्रिकन युनाईटेड, तरुण एशोसियसन(भारत), हिमालयन शेर्पा, एनआरटी(न्युरोट टिम), खस्र्याङ एफसी दार्जलिङ, सहारा युके, दिगाण्डा पोसारी ढाका, बीएन स्र्पोटिङ क्लब, बेलघारी फुटबल क्लब, मछिन्द्र क्लब, डेन्जोङ ब्वाईज क्लब, आरसिटी, जावलाखेल, पुणे एफसी, वासरी साउथर्न समिति, गोर्खा बिग्रेड फुटबल टिम, सरस्वती क्लब, नवजागृती युथ क्लब, कन्चनजंगा फुटबल क्लब सिलगुडी, सुदुरपश्चिम एफसी, एल्डरसट एफसी, लुम्बिनी एफसी, सिक्किम युनाईटेड, गजिरचार्ट स्र्पोटिङ क्लब, नारायणगन्ज एफसी बंगलादेश, उत्तरवारिन्धारा एफसी बंगलादेश, दाउफिन्स क्यामरुन, गान्तोक एफसी, अफ्रिकन रुट्स, बीवाईएससी मिनेसोटा अमेरिका, चर्च ब्वाईज, राईजिङ स्टार, पारो एफसी भुटान, थण्डरबोल्ट्स भारत, ब्ल्याक बुल्स उज्वेकिस्तान, गोर्खा इन्टरनेशनल हङकङ, आभा उज्वेकिस्तान र प्लानिङ ब्वाईज क्लबको सहभागिता रहेको थियो ।