
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप क्रिकेट प्रतियोगित गर्ने गरी रातो किताबमा बजेट राखिएको उल्लेख गर्नुभयो ।
“महानगर कप क्रिकेट गर्ने तयारीमा छौं । त्यसको लागि आवश्यक बजेट पनि छ । क्रिकेट संघले प्रस्ताव पेश गरेपछि यकिन हुन्छ ।”महानगर प्रमुख आचार्यको भनाई थियो । उहाँका अनुसार संघले प्रस्ताव गरेको प्रस्तावना अनुसार नै महानगरले रातो किताबमा भएको बजेट खर्च गरिने छ ।
गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले नेपाल क्रिकेट संघ(क्यान)ले स्वीकृति दिएको अवस्थापछि मात्रै प्रतियोगिता आयोजना गर्ने निक्र्यौल गरिने बताउनुभयो । उहाँले एकदिवसीय, टि ट्वान्टी महिला तथा पुरुष कुन गर्ने त्यो क्यानबाट स्वीकृति दिएपछि मात्रै यकिन हुने जानकारी दिनुभयो ।
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्माले पोखरामा क्रिकेटको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न क्रिकेट स्टेडियम निर्माणमा जोडदिनुभयो । उहाँले पछिल्लो समय क्रिकेटप्रति दर्शकले देखाएको उत्साहलाई पोखराको मैदानमा स्टेडियम बनाएर पर्यटनमा नयाँ आयाम थप्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश क्रिकेट टिमसँग अष्ट्रेलियामा रहेको भिक्टोरियन इन्ष्टिच्युट अफ टेक्नोलोजीले दुई वर्षको लागि सहकार्य गरेको उल्लेख गर्नुभयो । सोही अवसरमा खुमा अर्याल फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्मा मरासिनीले क्रिकेटको बिकास र विस्तारको लागि फाउण्डेशनले हातेमालो गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अष्टरेलियामा रहेको शैक्षिक संस्थाको सहकार्य रहेको गण्डकी प्रदेश क्रिकेट टिमको जर्सी समेत सार्वजनिक गरिएको थियो । समारोहमा गण्डकी प्रदेश क्रिकेट टिमका कप्तान विपीन खत्रीले खेलाडीलाई एक्सपोजरको लागि अझै बढी प्रतियोगिता हुनुपर्ने बताउँदै सिनियर खेलाडीसँग मैत्रीपूण खेलको लागि संघले पहलकदमी गर्नुपर्नेमा जोडदिनुभयो ।


धन बस्नेत/पोखरा सहारा क्लबले गोल्डकप आयोजनाको पच्चीसौं वसन्त पार गर्यो । पच्चीस वर्षको यो रजत वर्षमा नेपाली र विदेशी क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्यो । दुई पटक उपाधि विदेशिदाँ बाँकी सँस्करण भने स्वदेश भित्रै रह्यो । अफ्रिकन युनाईटेड…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…