
आहा राराको १९ औं संस्करणलाई चैतको तेस्रो साता
पोखरा-मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १९ औं सस्ंकरणको संघारमा छ । सहारा क्लब पोखराले १९ औं संस्करणको गोल्डकपको लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपी अखिल नेपाल फुटबल संघ(एन्फा)ले मिति उपलब्ध गराईसकेको छैन् ।
सहारा क्लबले आहा राराको १९ औं संस्करणलाई चैतको तेस्रो साता आयोजना गर्ने गरी तयारी गरिएको जनाएको छ । ‘माघमा आयोजना गर्ने योजनामा थियौं तर समय पर्याप्त नहुदाँ चैतको तेस्रो सातादेखि गर्ने योजना बनाएको छौं ’ सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले भने–‘एन्फाले मिति तोकिदिएको अवस्था छैन् । यद्यपी हामीले आन्तरिक गृहकार्य भने गरिरहेका छौं ।’चैत ११ गतेदेखि कोरोना कहरसँगै लकडाउन शुरु भएको थियो । त्यसपछि सबै क्षेत्र ठप्प हुन पुग्यो । विस्तारै खेलकुद क्षेत्र चलायमान बन्दै गएको छ । नेपालगन्जमा म्याराथन आयोजनापछि आधिकारीक रुपमा खेलकुदका प्रतियोगिता शुरु भएका हुन् । त्यसपछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरियो । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भने चलिरहेको छ ।
मोफसलका केही जिल्लामा स्थानीयस्तरमै फुटबलका गतिविधि शुरु भईसकेको छ । अखिल नेपाल फुटबल संघले मोसफलको ठुला नकाउट फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी क्लबहरुलाई दिईसकेको छैन् । ‘चैतको १७ गतेदेखि २८ गतेसम्मको मिति माग गरिएको छ ।’ क्लब अध्यक्ष थापाले भने–‘त्यो मितिमा आयोजना गर्न पाए आन्तरिक तयारी भ्याईन्थ्यो ।’ । कुनै बेला मोफसलकै नकाउट फुटबल प्रतियोगिताले फुटबल धानिएको अवस्था थियो । एन्फाले २०७७ सालमा नकाउट फुटबल प्रतियोगिताको लागि कुनै तालिका नै दिएको छैन् ।
कोरोनाले लामो समय अस्तव्यस्त रहँदा फुटबल कुन रुपमा शुरु हुन्छ भन्ने अझै अन्यौल छ । राष्ट्रिय ए डिभिजन लिग, बी डिभिजन एवं महिला लिगको तयारी एन्फाले गरेको छ । एन्फाले मोफसलको प्रतियोगिताको लागि तत्काल पत्र नआईसकेको अवस्थामा हुदाँ अन्यौलता रहेको सहारा क्लबले जनाएको छ । क्लब अनुसार एन्फाकै पदाधिकारीको सुझाव अनुसार चैतको तेस्रो साताको समय मागिएको हो ।
एन्फाले कुन र कस्तो मोडालिटीमा फुटबल प्रतियोगिता सञ्चालन गर्ने भन्ने यकिन छैन् । मोडालिटीको बारेमा प्रष्ट नहुदाँ मोफसलका प्रतियोगिता आयोजना गर्न अन्यौल रहेको छ । ‘उहाँहरु(एन्फाका पदाधिकारी)ले लिगको तयारीसँगै मोडालिटी तयार गरेको बताएका छन्’ अध्यक्ष थापाले भने–‘मोडालिटी दिए स्वास्थ्य र सुक्षाको मापदण्ड अपनाएर आयोजना गर्ने थियौं ।’
पूर्वको मेची गोल्डकपदेखि पश्चिमको खप्तड गोल्डकपसम्मका प्रतियोगितालाई एन्फाले बर्गिकरण गरेको छ । बुढासुब्बा, आहा रारा, खप्तड, हेटौडामा आयोजना हुने गोल्डकप, तिलोत्तमा गोल्डकप लगायतका मोफसलका ठुला नकाउट प्रतियोगिता चल्दै आएका छन्


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…