
४४ किलोमिटरको व्यास दौड
तनहुँ,– व्यास नगरपालिकाले आयोजना गर्ने व्यास अल्ट्रा दौड आयोजना गर्दै छ । यही माघ १६ गते शहीद दिवसको अवसरमा आयोजना दौडको पुरस्कारमा यसपाली चार हजार एक रुपैयाँका दरले ृबृद्धि गरिएको छ ।
विगत चार बर्षदेखि पर्यटन प्रर्बद्धनका लागि व्यासले दौड आयोजना गर्दै आएको छ । प्रथम हुने धावकले ८५ हजार ७७ रुपैयाँ प्राप्त गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार दोस्रोले ६५ हजार ७७ रुपैयाँ, तेस्रोले ५५ हजार ७७ रुपैयाँ र सान्त्वना हुने पाँच जनाले १६ हजार ७७ रुपैयाँ पाउनेछन् । सान्तवना पुरस्कार राशी भने बढेको छैन् ।
म्याराथनले व्यासको पर्यटन प्रर्बद्धनमा महत्वपुर्ण भुमिका खेलेको न्यौपानेले बताए । ‘मानहुँमा पर्यटक बढ्नु पनि यसैको देन हो’ उनले भने । व्यास–५ मानहुँबाट सुरु हुने म्याराथनमा धावकले ४४ किलोमिटरको दुरी व्यास–८ पुलिमराङसम्म दौडनेछन् । आठ स्थानमा विन्दु बनाईनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…