
नेपाल आर्मी महिला फुटबल टिम ।
काठमाडौं-विमला चौधरीको ह्याट्रिक प्रेरित नेपाल आर्मीले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आईतबार वालिङमाथि फराकिलो जित निकालेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा आईतबार भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकामाथि ७–० को फराकिलो जित निकालेको हो । यो सँगै आर्मीले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मोफसलको टोली वालिङमाथि सुरुआतबाट नै दबाब राखेको आर्मीका लागि विमला चौधरीले ह्याट्रिक गरिन् । दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजुङ्गा राईले एक–एक गोल आफ्नो नाममा लेखाए ।
पहिलो पटक महिला टोलीले विदेशी खेलाडी समावेश गरेको वालिङविरुद्ध आर्मीले १४औं मिनेटमा सुरुआती अग्रता लियो । शर्मिला थापाले दिएको लामो पासलाई विमला चौधरीले गोल गर्दै आर्मीको गोलको खाता खोलेको थियो । २८औं मिनेट दीपा राईले गोल थप्दै आर्मीको अग्रता २–० मा पु¥याइन् । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा शर्मिला थापाले गोल गर्दै आर्मीलाई पहिलो हाफमा ३–० को अवस्थामा पु¥याएन् ।
पहिलो हाफमा आक्रामक खेल देखाएको आर्मीले दोस्रो हाफमा पनि आफ्नो लयलाई निरन्तरता दियो । ६६ औं मिनेट विमला चौधरीले व्यक्तिगत दोस्रो र ७५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यो सँगै जारी प्रतियोगितामा दोस्रो ह्याट्रिक भएको छ । यस अघि एपिएफकी सावित्रा भण्डारीले चन्द्रपुर नगरपालिका रौतहटविरुद्ध ह्याट्रिक गरेकी थिइन् । त्यसपछि खेल सकिन एक मिनेट बाँकी रहँदा आर्मीका लागि हेमाले गोल गर्दै आर्मीको अन्तर ६–० मा डो¥याउँदा इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीको ७–० जित सुनिश्चित गरिन् ।
पहिलो खेल पुलिससँग गोल रहित बराबरी खेलेको आर्मीले दुई खेलमा ४ अंक बनाएको छ । नतिजा सुम्पिएको वालिङले पहिलो खेल विराटनगर महानगरपालिकासँग १–१ को बराबरी खेलेको थियो । विराटनगरको तालिकामा एक अंक छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…