
रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कप
काठमाडौं- नेपालका रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कप २०२१ को भेट्रान्स १ बिमा स्वर्ण हात पारेका छन् ।
इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा आयोजक ईरानका रहमत नजारी र इन्डोनेसियाका अहमद जाकी रहे । यस्तै महिला सिनियर तर्फ रिना श्रेष्ठले स्वर्ण हात पारिन् । उनले मलेसियाकी साम हियाङ्ग फोङ्गलाई पराजित गरेकी थिईन् ।
पुरुष सिनियर तर्फ नेपालका खेलाडी सुभाष कार्की बेल्जियमका खेलाडी अलेक्जेन्डर लेब्रन संग पराजित हुँदै रजतमा खुम्चिए । राजकुमार श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । भेट्रान १ ए तर्फ मदन महर्जनले कास्य प्राप्त गरे ।
यस्तै महिला जुनियर तर्फ सन्जु देशारले रजत पाईन् । देशार आयोजक ईरानकी फैजेअ ताजारीसंग पराजित भएकी थिईन् । महिला क्याडेट तर्फ खुशी अधिकारीले कास्य पाईन् । प्रतियोगितामा बिभिन्न राष्ट्रका २०० खेलाडीहरुले सहभागिता जनाएको प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…