
पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो ।
उपाधि संगै बगर भाइखलकले नगद १,५५,५५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपबिजेतामा चित्त बुझाएको एबीसीले नगद ७७,७७७ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
फाइनल खेलमा बगर भेट्रान्सका दीपक गर्बुजा पुन, कुमार गुरुङ, इश्वर गुरुङ र हिमाल थापाले १–१ गोल गरेभने खेलको म्यान अफ दी म्याच हिमाल थापा बने । हिमाल थापा मगर नै प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टको उपाधी हात पारे । थापाले नगद ५ हजार र ट्रफी प्राप्त गरे ।
शुक्रबार विहान सम्पन्न पहिलो सेमिफाईनलमा एबीसीले बौद्व भेट्रान्सलाई ३–० गोलले पराजित गर्दै फाईनको यात्रा तय गरेको थियो । उक्त खेलमा एबीसीका अमृत गुरुङले २ र सुमन गुरुङले १ गोल गरे । उक्त खेलको म्यान अफ दी म्याच एबीसीका अमृत गुरुङ भए ।
दोस्रो सेमिफाईनलमा बगर भाईखलकले जोरपार्टी भेट्रान्सलाई १–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । बगरका लागि निर्णायक गोल कर्ता ईश्वर गुरुङ म्यान अफ दी म्याच बनेका थिए ।
प्रतियोगिताका बिजेताहरुलाई अमरसिंह ब्वाइज क्लब एबीसीका अध्यक्ष राजेश गुरुङ, अमरसिंह ब्वाईज क्लब एबीसीका सल्लाहकार तथा अखिल नेपाल फुटवल संघ एन्फाका ज्वाइन सेक्रेटरी महेश गुरुङ, एबीसीका संस्थापक अध्यक्ष तथा पोखरा महानगरपालिकाका निवर्तमान वडा अध्यक्ष राज कुमार गुरुङ, पोखरा महानगर खेलकुद बिकास समितिका अध्यक्ष दीपक गोदार, एबीसी हङकङका सल्लाहकार रक्षा गुरुङ, राम बजार सोसाइटी युकेका संस्थापक अध्यक्ष राम गुरुङ, भ्याली स्पोर्टस क्लबका अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, भू.पू. खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ, जिल्ला खेलकुद बिकास समितिक कास्कीका अध्यक्ष मिलन गुरुङ, कोषाध्यक्ष आशिक थापा, युनाईटेड क्लब पोखराका पूर्व अध्यक्ष सूक बहादुर गुरुङ, गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापा, एबीसी क्लबका सल्लाहकार एएसपी मनकाजी गुरुङ, केदार कुमार श्रेष्ठ, सुनिल गुरुङ, मीमकाजी गुरुङ, गज बहादुर गुरुङ, लाल बहादुर गुरुङ हङकङ, प्रेमकाजी गुरुङ, लगायतले पुरस्कार बितरण गरेका थिए ।
चौथौ संस्करणको प्रतियोगितामा साथ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी संस्करणमा समेत साथ र सहयोगको अपेक्षा गरिएको प्रतियोगिताका संयोजक मनकाजी गुरुङले जानकारी दिए । एबीसी क्लबका अध्यक्ष राजेश गुरुङले प्रतियोगिताले ४५ वर्ष माथीका प्रौैढ बीच आपसी भाइचारा अभिबृद्धि संगै शारिरीक तन्दुरुस्तीका लागी महत्वपूर्ण भुमिका खेलेको बताए । गुरुङले चौथो संस्करणमा नेपालका १२ वटा टीमको सहभागीता जनाएकोमा धन्यवाद ब्यक्त गर्दैै आगामी संस्करणमा समेत सहभागीताको लागि अनुरोध गरे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…