
पोखरा-पोखरा रंगशालामा जारी चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतका खेलहरु सम्पन्न भएका छन ।
क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्स बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा २–१ गोल अन्तरले बौद्ध भेट्रान्सले लेकसाइडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा बौद्ध भेट्रान्सका रुपक बस्नेत म्यान अफ दी म्याच घोषित भए ।
दोस्रो क्वाटर फाइनलमा जोरपाटी भेट्रान्सले फ्रीडम फाइटर भेट्रान्सलाई १–० गोलले पाखा लगाउदै सेमी फाइनलको यात्रा तय गर्यो । उक्त खेलमा जोरपाटीका लागि निर्णायक गोल गर्ने खेलाडी गौतम लामा म्यान अफ दी म्याच घोषित भए । तेस्रो खेलमा एबीसी र हेटौडा भेट्रान्स बीच भएको खेल निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा एबीसीले हेटौडालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्यो । उक्त खेलमा एबीसीका गोल रक्षक सूर्य प्रसाद शर्मा म्यान अफ दी म्याच घोषित भए ।
अन्तिम खेल बगर भाइखलक र बानेश्वर फ्रेन्डसिप भेट्रान्स बीच निर्धारित समय गोल रहित बनेपछि टाइब्रेकरमा बगर भाइखलकले बानेश्वर फ्रेन्डसिपलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा सुरक्षित गर्यो । उक्त खेलमा बगर भाइखलकका कृष्ण राइभाट म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा पहिलो सेमी फाइनल एबीसी र बौद्ध भेट्रान्स र दोस्रो खेल जोरपाटी भेट्रान्स र बगर भाइखलक बीच हुने आयोजक एबीसी क्लबका सचिव विजय घिमिरेले जानकारी दिएका छन् ।
दुईवटै सेमिफाइनलको बिजेता बिच शुक्रबार दिनको १ बजे फाइनल खेल सम्पन्न हुने सचिव घिमिरेले जानकारी दिए । फाइनल खेल हेर्नका लागि पोखराका सम्पूर्ण खेलप्रेमीहरुमा निमन्त्रणा समेत दिएका छन । प्रतियोगिताको विजेताले नगद एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले सतहत्तर हजार सात सय सतहत्तर सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक मनकाजी गुरुङले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…