
पोखरा-पोखरा रंगशालामा जारी चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतका खेलहरु सम्पन्न भएका छन ।
क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्स बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा २–१ गोल अन्तरले बौद्ध भेट्रान्सले लेकसाइडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा बौद्ध भेट्रान्सका रुपक बस्नेत म्यान अफ दी म्याच घोषित भए ।
दोस्रो क्वाटर फाइनलमा जोरपाटी भेट्रान्सले फ्रीडम फाइटर भेट्रान्सलाई १–० गोलले पाखा लगाउदै सेमी फाइनलको यात्रा तय गर्यो । उक्त खेलमा जोरपाटीका लागि निर्णायक गोल गर्ने खेलाडी गौतम लामा म्यान अफ दी म्याच घोषित भए । तेस्रो खेलमा एबीसी र हेटौडा भेट्रान्स बीच भएको खेल निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा एबीसीले हेटौडालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्यो । उक्त खेलमा एबीसीका गोल रक्षक सूर्य प्रसाद शर्मा म्यान अफ दी म्याच घोषित भए ।
अन्तिम खेल बगर भाइखलक र बानेश्वर फ्रेन्डसिप भेट्रान्स बीच निर्धारित समय गोल रहित बनेपछि टाइब्रेकरमा बगर भाइखलकले बानेश्वर फ्रेन्डसिपलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा सुरक्षित गर्यो । उक्त खेलमा बगर भाइखलकका कृष्ण राइभाट म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा पहिलो सेमी फाइनल एबीसी र बौद्ध भेट्रान्स र दोस्रो खेल जोरपाटी भेट्रान्स र बगर भाइखलक बीच हुने आयोजक एबीसी क्लबका सचिव विजय घिमिरेले जानकारी दिएका छन् ।
दुईवटै सेमिफाइनलको बिजेता बिच शुक्रबार दिनको १ बजे फाइनल खेल सम्पन्न हुने सचिव घिमिरेले जानकारी दिए । फाइनल खेल हेर्नका लागि पोखराका सम्पूर्ण खेलप्रेमीहरुमा निमन्त्रणा समेत दिएका छन । प्रतियोगिताको विजेताले नगद एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले सतहत्तर हजार सात सय सतहत्तर सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक मनकाजी गुरुङले जानकारी दिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…