
राजविराजमा हुने देवनारायण स्मृतिमा सहभागि हुने गण्डकी प्रदेशका भारोत्तोलनका खेलाडीहरु प्रशिक्षणमा व्यस्त । तस्बिर धन
पोखरा-दुईसातापछि राजविराजमा देवनारायण स्मृति भारोत्तोलन प्रतियोगिता हुदैं छ । राजविराजमा हुने प्रतियोगिताको लागि ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धाको लागि खरो उत्रिने तयारीमा खेलाडीहरु नियमित प्रशिक्षणमा व्यस्त छन् । पोखरा रंगशालास्थित भारोत्तोलनको प्रशिक्षण केन्द्रमा गण्डकीबाट सहभागि हुने पाँच महिला र तीन पुरुष गरी ८ खेलाडी नियमित प्रशिक्षणमा व्यस्त छन् ।
जुनियर, युथ र सिनियर तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । सुष्मा काफ्ले ४९ केजी तौल, अनिका गुरुङ ४५ केजी(दुवैले युथ र जुनियरमा समेत )प्रतिस्पर्धा गर्ने छन् । सनिता लामा ६३ केजी, सरस्वती गुरुङ ७१ क्ेजी, पदमा थापा ६५ केजी, विवेक खड्का ७२ केजी, खिमलाल गुरुङ ६२ केजी र धनबहादुर झाँक्री मगर भने ६२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला भारोत्तोलनका प्रशिक्षक बखतमान श्रेष्ठले जानकारी दिए ।
खेलाडीहरु यही फागुन २७ गते राजविराज प्रस्थान गर्ने छन् । कोभिड पछिको यो पहिलो प्रतियोगिता समेत हो । प्रतियोगिताले खेलाडीलाई हौसलासँग नयाँ उर्जा थपिएको विश्वास प्रशिक्षक श्रेष्ठले बताए । चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्ने छन् । लामो समयपछिको प्रतिस्पर्धाले खेलाडीमो छुट्टै उत्साह थपिएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…