
काठमाडौं –राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जिवितै राखेको छ ।
लालितपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले ब्वाईज युनियनमाथि ३–० को जित निकाल्दै ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावनलाई जिवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातादोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावन जिवितै रहेको हो । यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ ।
स्तरीय खेल देखाएको खुमलटारको जितमा सविन केसीले दुई गोल गर्दा आयुष घलानले एक गोल गरे । सविनले १९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । प्रशान्त अवस्थीले दिएको क्रस पासमा सविनले गोलकिपरलाई विट गर्दै जाली जुमाउन सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ४३औं मिनेटमा सविनले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा लिएको २–० को अग्रतालाई कामय राख्दै खेल देखाएको खुमलटारका लागि ७४औं मिनेटमा आयुषले टोलीका लागि तेस्रो गोल थपे । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र खुमलटारले शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जिवन्त राखेको हो । अंक सुम्पिएको ब्वाइज युनियनको समान ९ खेलबाट १४ जोडेर तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।
यस अघि बुधबारै सम्पन्न दिनको पहिलो खेलमा नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले एक÷एक गोलको बराबरी खेल्दा अंक बाँडको छन् । पहिलो हाफमा लिएको अग्रतालाई नयाँवस्ती दोस्रो हाफमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । ३९औं मिनेटमा नयाँबस्तीका लागि विवेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यपछि लयमा देखिएको टुसालले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र दुबै टोलीले अंक बाँड्न पुगे । बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । यस्तै अर्को टोली टुसालले समान ९ खेलबाट ८ अंक जोड्दा तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा झम्सीखेल युथ क्लबले श्री कुमारी क्लबको सामना गर्दा दोस्रो खेल रानीपोखरी कर्नर टिम ९आरसीटी० र श्री कुमारी क्लबबीच खेल हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुने तालिका रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…