
विन्ध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याच दिपक डुम्रे
पोखरा-पेलिगन्स क्रिकेट क्लब तनहुँले दोस्रो जित निकाल्ले क्रममा काठमाडौंको मिक्समाण्डुलाई एक विकेटले पराजित गर्दै पोखरा आयोजित सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
टस हारेर पहिलो इनिङ व्याटिङ गरेको मिक्समाण्डुले निर्धारित २० ओभर खेल्दै १०८ रन बनाउँदै पेलिगन्सलाई लक्ष्य प्रस्तुत गरेको थियो । सामान्य लक्ष्य पछ्याएको तनहुँले १७.४ ओभरमा लक्ष्य पुरा गर्ने क्रममा ९ विकेट गुमाउन पुग्यो । छैटौं नम्बरमा आएका दिपक डुम्रेले ६ चौका हिकाउँदै ४७ रनको महत्वपूर्ण इनिङ खेलेपछि तनहुँले जितको लक्ष्य भेट्टाएको थियो । डुम्रेले ४७ बल खेल्दै ४७ रन बनाई जितको आधार बनाए ।
तनहुँको इनिङमा सनम बुढाथोकीले पनि २५ बलमा २३ रन बनाउँदै रन उकास्ने प्रयास गरे । उनले ३ चौका र १ छक्का हिर्काए । अन्य व्याट्सम्यानको उल्लेख्य योगदान भने रहेन् । तनहुँले पनि पहिलो विकेट ४ रनमै गुमाएको थियो । दोस्रो विकेट ७ रनमा गुमाएपछि दबावमा परेको थियो । २२ रन बनाई खेल्ने क्रममा तेस्रो विकेट झरेपछि हार तर्फ उन्मुख हुदैं गएको थियो । २२ रनमै चौथो विकेट गुमाएपछि तनहुँ जितको लागि निकै संघर्षरत थियो । तर छैटौं नम्बरमा अएका विन्ध्येश्वरी भाडा उद्योग म्यान अफ दि म्याच डुम्रेले ४७ रनको पारी खेल्दै जितको आधार तयार पारिदिए । मिक्समाण्डुका रिजन ढकालले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चिएर ४ विकेट लिए । रुपेश श्रीबास्तव र उज्वल थापाले समान २/२ विकेट लिए ।
के. एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर मिक्समाण्डुले १०८ रन बनाएको थियो । रिजन थापाले २८ बल खेल्दै २३ रन बनाए । उनको स्कोर बोर्डमा ३ चौका लेखियो । पहिलो विकेट नै ५ रन हुदाँ गुमाएको मिक्समाण्डुले दोस्रो विकेटको लागि केही साझेदारी निभाउने प्रयास गर्यो । तर दोस्रो विकेट ३८ रनमा गुमाउन पुग्यो ।
रुपेश श्रीबास्तवले २१बल खेल्दै २ छक्काको मद्दतमा १९ रन बनाए । तनहुँका कप्तान समेत रहेका चन्द्रकान्त पौडेलले तीन विकेट लिए । पौडेलले १८ र २० औं ओभरको खेलमा तीन विकेट लिदैं मिक्समाण्डुलाई दबावमा राखेका थिए । मिक्समाण्डुका सचिन अधिकारीले १४ बलमा १४ रन हिर्काए । तनहुँका विज्ञान गौतमले पनि ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…