
म्यान अफ दि म्याच ।
पोखरा-मिक्समाण्डु, जनकपुर र तनहुको पेलिगन्स क्रिकेट क्लब सुपर जनरल अन्तर क्लब टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलको सम्भावना छ । भोलि हुने अन्तिम खेलले दुई टोलीको सेमिफाईनल पक्का हुदाँ दुई टोलीले बिदा लिने छ ।
दुई टोली मध्ये बाग्लुङ यस अघि नै बाहिरिसकेको छ । अब जनकपुर, मिक्समाण्डु र पेलिगन्स बीचको प्रतिस्पर्धासँगै रनरेटकै आधारका सेमिफाईनल प्रवेश गर्ने छन् । मिक्समाण्डुले जनकपुरको सामना गर्ने छ । बाग्लुङले भने पेलिगन्स क्रिकेटसँग खेल्ने छ । मिक्समाण्डुले जितेका अवस्थामा स्वतह सेमिफाईनल प्रवेश गर्ने छ । उत पेलिगन्स पनि सेमिफाईनल प्रवेश गर्न राम्रो रनरेटको खाँचो छ ।
के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लव टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार पहिलो खेलमा मिक्समाण्डु क्रिकेट क्लवले बाग्लुङ्ग क्रिकेट संघलाई १० विकेटले पराजित गरेपछि सेमिफाईनल अंक गणितमा मोडियो । पहिला व्याटिङ गरेको बाग्लुङ्गले १९ं.५ ओभरमा सम्पूर्ण विकेट गुमाउनुपूर्व ७९ रनको झिनो स्कोर खडा गर्यो ।
बाग्लुङ्गको तर्फबाट विश्व कार्कीले २३ रन बनाए । मिक्समाण्डुको जितमा म्यान अफ द म्याच रुपेश श्रीवास्तवले ४ विकेट लिए । मिक्समाण्डुका व्याट्स्म्यान रोविन जोशीले विस्फोटक व्याटिङ्ग गर्दै २९ बलमा ५१ रनको नटआउट खेल्दै जित दिलाए । उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै शुभ कंशाकारले २३ रन बनाए ।
दोस्रो खेलमा जनकपुर क्रिकेट क्लवले पेलिगन्स क्रिकेट क्लवलाई ४७ रनको फकाकिलो स्कोरले पराजित ग¥यो । पहिला व्याटिङ्ग गरेको जनकपुले अक्वर अलिको ४४ तथा विशाल सस्लिङको ३९ रनको मद्धतमा १ सय ५९ रन बनाएको थियो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पेलिगन्सले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन मात्रै बनाउन सक्यो । समिर कँडेलले २१ तथा दिपक डुम्रेले १८ रन जोडे । बलिङ्गतर्फ ३ विकेट समेत लिएका जनकपुरका विशाल सुस्लिङ म्यान अफ द म्याच भए । राहल प्रताप सिंहले ४ विकेट लिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…