
बी डिभिजन लिग
काठमाडौं- सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लब र श्री कुमारी क्लबले सुखद अन्त्य गरेका छन् ।अखिल नेपाल फुटबल संघको मुख्यालय मैदानमा सम्पन्न खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दा अर्को खेलमा कुमारीले टुसाल युथ क्लबलाई ४–० ले पराजित गर्दै लिगमा सुखद अन्त्य गरेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले सान्तोवना गोल फर्काएका थिए । जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ । श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ । ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

कुमारीले टुसाल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दा कुमारीका आशिष राईले दुई गोल गरे । यस्तै सन्तोष कुमार सिंह र विवेक पुनले एक एक गोल आफ्नो नाममा लेखाए ।जितसँगै श्री कुमारीले ११ खेलमा १४ अंक जोड्यो । श्री कुमारी छैटौं स्थानमा रहेको छ । टुसाल ९ अंक जोडेर दशौं स्थानमा छ ।
लिगमा बुधबार खुमलटार र बाँसबारी तथा दोस्रो खेल नयाँबस्ती युवा क्लब र पुल्चोक स्पोर्ट्स क्लबबीच एन्फा मुख्यालकयको मैदानमा प्रतिस्पर्धा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…