
डिआरएस गेमिङ्ग र खेलाडीबिच सम्झौता
काठमाडौं-अनलाईन खेल (ई–गेमिङ्ग) को दुनियामा नयाँ आयाम थपिएको छ । ई–गेमिङ्ग मध्येकै एक पब्जीका खेलाडीहरु पनि अव संस्था संग आवद्धता हुँदै ब्यावसायिक रुपमा अगाडी बढ्ने भएका छन् । राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आवद्धता गर्दै “द रियल सोल्जर्स” (डिआरएस) ले ई–गेमिङ्गमा नयाँ आयाम थपेको हो ।
बिहिबार डिआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरुले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे । अव डिआरएस संग आवद्ध खेलाडीहरुले एक बर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्ने छन् । साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डिआरएसले ब्यहोर्ने भएको छ ।
कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए । उनले सर्वसाधारण खेलाडीहरुले प्राप्त गर्ने रकम प्राप्त गर्ने समेत बताए ।
नेपालमा पब्जी र ई–गेमिङ्गलाई ब्यावसाधिक बनाउनु पर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नयाँ आयाममा पाईला चालेको प्रस बिज्ञप्तीमा जनाईको छ ।
डिआरएसले आफ्नो टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ्ग (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एमआराबोरो) लाई आवद्धता गरेको हो । टोली ब्यवस्थापकमा संगिन भट्टराई रहेका छन् । आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरुबाट समेत प्रशिक्षण गराईने बिज्ञप्तीमा जनाईको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…