
अफ्रिकन विरुद्ध त्रिभुवन आर्मी क्लब ।
हेटौंडा-पहिलो सहभागिता जनाएको विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडामा आयोजित शहीदस्मृति अन्तराष्ट्रिय गोल्डकपको फाईनल प्रवेश गरकेो छ । उपाधिको लागि आर्मीक्लबले शनिबार हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण प्रतियोगिताको फाइनलमा आयोजक टोली रिगल हेटौंडा रिसोर्ट मकवानपुरसँग शनिबार प्रतिस्पर्धा गर्ने छ । आयोजक हेटौडा रिसोर्ट मकवानपुर साविक विजेता समेत हो ।
आर्मीका लागि आशीष शाक्यले गोल गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबका तर्फबाट दोस्रो हाफको ६८ औं मिनेटमा मात्र गोलको साइत जुरेको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा आर्मीले पाएको एक मौकाको फाइदा उठाउदै गोल गर्न सफल भयो । आरसले पाएको मौकाको सदुपयोग गर्न नसक्दा खेलमा पराजित हुनुप¥यो ।
तुलनात्मकरुपमा मध्यमस्तरको खेल प्रदर्शन गरेको आर्मीलाई आरसले दबाबमा राख्न सफल भएको थियो । दबाबमा परेको आर्मीले टिमको डिफेन्स बलियो बनाउ“दा आर्मीले फाइनलयात्रा तय गरेको हो ।
आरसले पाएको गोल गर्ने मौकाहरु सदुपयोग गर्न नसक्दा खेलमा बलियो मानिएको आरस घर फर्कन बाध्य भयो । विभागीय टोली त्रिभुवन आर्मीका कप्तान टेकबहादुर बुढाथोकी प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भएर १० हजार नगद पुरस्कार पाए ।
बुधबार हेटौंडा–१० स्थित बनविज्ञान अध्यन संस्थानको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लब काठमाडौंलाई ४–३ गोलअन्तरले पराजित गर्दै आयोजक टोली फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिता विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…