
नेपाल क्रिकेट संघ
पोखरा-नेपाल क्रिकेट संघले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको केही समय नवित्दै प्रदेशस्तरीय प्रशिक्षक नियुक्तको लागि अन्तर्वाता लिएको छ ।
पहिलो चरणमा नेपाली राष्ट्रिय टोलीको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको क्रिकेट संघले दोस्रो चरणमा प्रदेशमा क्रिकेट प्रशिक्षक नियुक्त गर्ने प्रयास स्वरुप शनिबार अन्तर्वार्ता लिएको हो । १६ जनासँग अन्तर्वार्ता लिइएको जनाएको छ । प्रशिक्षकको लागि २४ जनाले आवेदन दिएका थिए । क्रिकेट संघले प्रदेश तथा जिल्ला तहमै प्रशिक्षक नियुक्तको लागि आवेदन माग गरेको थियो ।
गण्डकी प्रदेश क्रिकेट प्रशिक्षकमा आवेदन दिएका रिजन प्रजुले शनिबार संघले लिएको अन्तर्वार्तामा सहभागि भएको प्रतिक्रिया दिए । गण्डकी प्रदेशमा चार जिल्लामा मात्रै क्यान समिति छ । कास्की, स्याङजा, नवलपुर र तनहुँमा समिति छ । अब पर्वत र बाग्लुङ गठनको योजना छ । अन्तर्वार्तामा गण्डकी प्रदेशको विकासका योजनाको बारेमा सोधपुछ गरेको उनको भनाई थियो । उनीसँगै विभिन्न जिल्लाका १६ जनाले अन्तर्वार्ता दिएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…