
प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ
पोखरा– मनाङबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित राजीव गुरुङ(दिपक मनाङ्गे) तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् । उनी डेढमहिनाको अवधिमा तेस्रो पटक मन्त्री बनेका हुन् । यद्यपी उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने जिम्मेवारी तय भईसकेको छैन् ।
उनै गुरुङले नेकपा एमालेको नेतृत्वमा रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिएपछि प्रतिपक्षमा रहेको काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । बैशाख १६ गते पहिलो पटक उनलाई मन्त्री बनाउन पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
सरकार गठनको लागि बहुमतको हस्ताक्षर नपुगेपछि मुख्यमन्त्रीको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए । मुख्यमन्त्री गुरुङले विश्वासको मतकै लागि मनाङेलाई दोस्रो पटक युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
तर एकमहिनापछि विश्वासको मत पाउने आशामा रहेपनि युवा तथा खेलकुद मन्त्री मनाङले संघीयता नै धरापमा पर्ने जनाउँदै विपक्षीलाई समर्थन जनाए । पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागिरहँदा युवा तथा खेलकुद मन्त्री मनाङे भने संसदमा उपस्थित भएका थिएनन् । स्वतन्त्र सदस्य रहेका मनाङेले नेपाली काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न पक्षमा हस्ताक्षर गरेका थिए । उनै मनाङले डेढमहिनाको बीचमा तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् ।
गण्डकी प्रदेशको एक महिनापछि प्रतिपक्षमा रहेका नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल पोखरेल मुख्यमन्त्रीसँगै मन्त्री मनाङे लगायत सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार साँझ अबेर सपथ खुवाएकी हुन् । मनाङ्गे मनाङ ख बाट प्रदेशमा निर्वाचित भएका हुन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…