गैंडाकोटमा विपि खेलग्राम स्थापना गरिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित


नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल ।

पोखरा-गण्डकी प्रदेश सरकारले गैडाकोटमा विपि खेलग्राम स्थापना गर्ने नीति लिएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गैडाकोटमा विपि खेलग्राम स्थापना गरिने उल्लेख गरिन् ।

‘विपि खेलग्राम गैडाकोटमा स्थापना गरिने छ’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख पौडेलले भनिन–‘एक पालिका एक खेल मैदानलाई निरन्तरता दिईने छ ।’ गण्डकी प्रदेश सरकारले एक पालिका एक खेल मैदानको नीतिलाई निरन्तरता दिएपछि प्रदेशकै राजधानी पोखरामा भने प्रदेश सरकारले खेलकुद पूर्वाधारमा लगानी गरेको छैन् । प्रदेश सरकारले आफनै भोगाधिकार भित्र रहेको प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट मैदानमा भने लगानी शून्य रहेको छ । यद्यपी प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणलाई भने नीति तथा कार्यक्रममा समेटिएको छैन् । लगातार दुई वर्ष क्रिकेट मैदानको लागि दुई करोड रुपैयाँ विनियोजन गरेपनि सरकारको कार्यक्षमता कमजोर हुदाँ दुवै वर्ष बजेट फिर्ता भएको छ ।

प्रदेश सरकारले तीन वर्ष अघि एक पालिका एक खेलमैदान, अन्तराष्ट्रिय क्रिकेट मैदान, गल्फकोष तथा एकेडेमी, बहुउद्देश्यीय रंगशाला र उच्च उचाईको खेल तालिम केन्द्र निर्माण गर्ने दीर्घकालिन योजना अघि सार्दै नीति तथा कार्यक्रममै समावेश गरिएको थियो । तर ती कुनैपनि योजनालाई चारवर्षसमम आईपुग्दा कुनैपनि योजना कार्यान्वयनमा आउन सकेको छैन् ।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गर्ने उल्लेख छ । मैत्रीपूर्ण प्रतियोगिता कस्तो खालको गरिने भन्ने विषयमा ठोस उल्लेख गरिएको छैन् । ‘प्रशिक्षक तथा खेलाडीको क्षमता अभिबृद्धिको लागि अभिमुखीकरण गरिने छ ।’ नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै प्रदेश प्रमुख पौडेलले उल्लेख गरिन् । प्रदेश सरकारले प्रदेश राजधानी पोखरामा रहेको बजेट अभावले अलपत्र परेको खेलकुद पूर्वाधारलाई सहयोग गरी पूर्णता दिने तर्फ ध्यान दिन नसकेको गुनासो समेत खेलकुदकर्मीले गरेको छन् ।

प्रदेश खेलकुद परिषद भवन निर्माणलाई निन्तरता दिईने उल्लेख गरिएको छ । पोखरा रंगशालाभित्र प्रदेश खेलकुद परिषदको कार्यालय भवन निर्माण शुरु गरिसकिएको छ । भवनको तत्कालिन युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले शिलान्यास गरेका थिए । खेल पर्यटनको गतिविधिलाई समेत प्राथमिकता दिई विस्तार र प्रवद्र्धन गरिने छ ।