
पोखरा-नवीन रसाइली (सितेरियो कराते) र पार्वती गुरुङ (तेक्वान्दो्) पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् ।
विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको अवार्ड वितरण समारोहमा वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा अन्यलाई पछि पार्दै उनीहरुले उपाधि जितेका हुन् । यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जितलाई सम्मान गरियो । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिएका छन् ।
कोरोना महामारीबीच पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा वर्ष उत्कृष्ट खेलाडी बन्न सफल नवीन रसाइली नेपाल प्रहरीमा कार्यरत छन् । २३ वर्षीय रसाइली १३ औं सागका स्वर्णधारी हुन् । सो विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल थिए ।
यस्तै, वर्ष उत्कृष्ट महिला विधामा उपाधि विजेता पार्वती गुरुङको जन्म लमजुङमा भएको हो । २६ वर्षीया पार्वतीले १३ औं सागमा एक स्वर्ण र १ कास्य पदक जितेकी थिइन् । सो विधामा साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री प्रतिष्पर्धामा थिए ।
१४ वर्षीया दुवाना लामा (पौडी)उदीयमान खेलाडी घोषित भइन् । सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री समेत थिए । साथै वर्ष उत्कृष्ट प्रशिक्षक सुरेश मल्ल ठकुरी ९बक्सिङ० घोषित भए । उनी २२ वर्षदेखि निरन्तर प्रशिक्षणमा छन् । प्रशिक्षकतर्फ उत्कृष्ट ३ मनोनयनमा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ थिए । उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।
मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डसन्देश श्रेष्ठ र केशव पाठक सम्मानित भए । उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो । यस्तै, वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनलाई हस्तान्तरण गरियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा विजेता प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ, सांसद दीपक कोइराला, मीना गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पगेनी, त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…