
प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ
पोखरा-तीन महिनाको बीचमा तेस्रो पटक गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री बन्दै राजीव गुरुङ(दिपक मनाङ्गे)ले ह्याट्रिक गरेका छन् । सम्भव नेपाली राजनीतिक इतिहासमा तीन महिनामा तीन पटक युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
लामो समय भौतिक योजना मन्त्रालयको दावी गर्दै आएको मनाङ्गेले अन्तत युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मनाङबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित राजीव गुरुङ(दिपक मनाङ्गे) तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् । उनले विना विभागिय मन्त्रीको रुपमा सपथ खाएको एकमहिनापछि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीलाई पुनः सम्हालेका हुन् ।
उनै गुरुङले नेकपा एमालेको नेतृत्वमा रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिएपछि प्रतिपक्षमा रहेको काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन सम्भव भएको थियो । बैशाख १६ गते पहिलो पटक उनलाई मन्त्री बनाउन पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
सरकार गठनको लागि बहुमतको हस्ताक्षर नपुगेपछि मुख्यमन्त्रीको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए । मुख्यमन्त्री गुरुङले विश्वासको मतकै लागि मनाङेलाई दोस्रो पटक युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
तर विश्वासको मत पाउने आशामा रहेपनि युवा तथा खेलकुद मन्त्री मनाङले संघीयता नै धरापमा पर्ने जनाउँदै विपक्षीलाई समर्थन जनाए । पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागिरहँदा युवा तथा खेलकुद मन्त्री मनाङे भने संसदमा उपस्थित भएका थिएनन् । स्वतन्त्र सदस्य रहेका मनाङेले नेपाली काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न पक्षमा हस्ताक्षर गरेका थिए । उनै मनाङले डेढमहिनाको बीचमा तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…