
पोखरा-३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मस्र्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को टोलीले दिप युनाईटेडलाई पराजित गर्ने क्रममा कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे । पोखरा रंगशाला फुटबल मैदानमा भएको खेलको शुरुवाती दशमिनेटमा दुई गोल गर्दै दिप युनाईटेडले मन्त्रीको टोलीलाई पहिलो चरणबाटै पन्छाउने छनक देखिएपनि अन्तत मनाङ मस्र्याङ्दीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन जित निकाल्यो । २ र ६ मिनेटमा बीरबहादुर गुरुङले गोल गर्दै दिप युनाईटेडलाई अग्रता दिलाउँदै मनाङमाथि दबाव बनायो । तर खेलको १३ औं मिनेटमा मनाङका लागि कर्मा छिरिङ गुरुङले गोल फर्काउँदै गोल अन्तरलाई कम गरे ।
खेलको ४० औं मिनेटमा दिप युनाईटेडका लागि दलबहादुर लामाले गोल गर्दै ३–१ को स्थितिमा पुर्याए । तर अग्रतालाई जोगाई राख्न भने सकेन् । ४२ औं मिनेटमा कर्मा छिरिङले व्यक्तिगत दोस्रो गोल गरे । ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्माले ह्याट्रिक पुरा गर्दै मनाङलाई खेलमा फर्काए । ६० औं मिनेटमा सुमनमान श्रेष्ठले गोल गर्दै जितको आशा जगाउदाँ ६१ औं मिनेटमा सुमन श्रेष्ठले गोल थप्दै मनाङको जित सुनिश्चित बनाए । मनाङका कर्मा प्लेयर अफ दि म्याच घोषित भए ।
एक गोलले पछि परेको अवस्थालाई उल्टयाउँदै बगर भाइखलकले वालिङ भे«टान टिमलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै पोखरामा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा सुखद शुरुवात गर्यो । खेलको दोस्रो मिनेटमै मोती कुँवरको गोलबाट वालिङ भेट्रानले अग्रता लिएको थियो । तर पहिलो हाफ हुनुभन्दा केही मिनेट बाँकी रहदाँ बगरभाइ खलकले बराबरी गोल गर्दै खेलमा फर्कियो । चन्द्र गुरुङको पासमा मनोज गुरुङले वालिङका गोलकिपर अगाडि बढेको अवस्थामा हल्का भलि हिर्काउँदै गोल गरेपछि भाइखलकले पहिलो हाफ बराबरी गरेको थियो ।
दोस्रो हाफमा भाइखलकको एकपक्षीय खेल पस्कियो । २८ औं मिनेटमा प्रकाश गुरुङ, ३० मिनेटमा टिकेन्द्र गुरुङ, ३२ मिनेटमा गंगा तामाङ(प्लेयर अफ दि म्याच) र ४६ औं मिनेटमा दिपक पुनले गोल गरेका थिए । यसैगरी दोस्रो खेलमा लेकसाईड भेट्रान टिमले पोखरा भेट्रानलाई १–० ले पन्छाउँदै अन्तिम आठमा प्रवेश गरेको छ । लेकसाईडको जितमा १६ औं मिनेटमा नरेश गुरुङले गोल निर्णायक बन्यो । खेलमा मनबहादुर गुरुङ प्लेयर अफ दि म्याच घोषित भएका थिए । प्रतियोगितामा सिमरा भेट्रान टिम अनुपस्थित भएपछि पोखराको संगम भेट्रान अन्तिम आठमा प्रवेश गर्यो ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका छन्। पोखरा, काठमाडौं, हेटौडा, वालिङ लगायतका शहरबाट भेट्रान टोलीको प्रतिस्पर्धा रहेको छ । प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङका अनुसार शनिबार ६ खेल खेलाईने छ । प्रतियोगिता विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, दुई सेमिफाईनलिष्ट टोलीले नगद ३० हजार, सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…