
पोखरा-नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा १ स्थित पुरानो टुडिखेलमा जारी ऐतिहासिक तीज मेला २०७९ अन्र्तगत बुधबार सम्पन्न ठेलो प्रतियोगितामा किरण सुनार प्रथम भएका छन् ।
नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा जारी मेलाको छैटौ दिनमा गरिएको प्रतियोगितामा सहभागी अन्य १४ जना प्रतिस्पर्धीहरुलाई पछि सुनार प्रथम हुन सफल भएका हुन ।
लोप हुदै गएको परम्परागत खेल ठेलोको संरक्षण एंव प्रचार गर्ने उदेश्य सहित आयोजना गरिएको प्रतियोगितामा प्रथम भएका सुनारले १२ किलोको ठेलो ४१.६ फिट पर फाल्दै अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्न सफल भएका थिए । ठेलो ४०.३ फिट पर फाल्दै रोहित सुनार दोस्रो हुन सफल भएका थिए भने ठेलो ३७.१० फिट पर फाल्दै राजेश गुरुङ तेस्रो भएका प्रतियोगिताका संयोजक रुद्र लुईटेलले जानकारी दिए ।
विजेताहरु प्रथम, दोस्रो र तेस्रोले क्रमश १२ हजार एक रुपैया, सात हजार एक रुपैया र पाँच हजार एक रुपैया पुरस्कार पाउनेछन् । संयोजक लुईटेलका अनुसार विजेताहरुलाई दिईने पुरस्कार शुक्रबार हुने मेला समापन समारोहमा वितरण गरिने भएको छ । यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिलका वडा नम्वर १ का वडा सदस्य रामजी पौडेल र आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले ठेलो हानेर गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…