
पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट आयोजकका दुवै टोलीले सुखद नजिता आत्मसात गर्न सकेनन् । दुवै टोली बाहिरिदाँ अन्तिम आठमा प्रवेश गर्ने सपना अधुरै रह्यो । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एटए साईड फुटबलमा आयोजकका दुबै टोली पराजित हुन पुगे ।
बलियो टोली मानिएको ए.बि.सी निलो पेनाल्टी सुटआउटमा पराजित हुदैं बाहिरिन पुग्यो । उदघाटन खेलमा आयोजक ए.बि.सी निलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको थियो । पेनाल्टी सुटआउटमा एक्स वारियरले ३–२ गोल अन्तरले पराजित गर्दै जित आत्मसात गर्यो । ए.बि.सीका लागि सचिन गुरुङ र जय थापाको पेनाल्टी गोल हुदाँ शैलेस गुरुङको प्रहारलाई एक्स वारियरका गोलरक्षक प्रविन्द्र गुरुङले बचाउ गरे । एक्स वारियरका लागि तेजबहादुर गुरुङ, भरत थापा र प्रविन्द्र गुरुङले हानेको पेनाल्टी गोलमा परिणत भएको थियो । ए.बि.सीको पेनाल्टी बचाउ गरेका प्रविन्द्र खेलको म्यान अफ दि म्याच घोषित भए ।

पोखराको अमरसिंह माविको चौरमा बिहीबारदेखि शुरुभएको प्रतियोगितामा आयोजकको दोस्रो रोजाईको अमरसिंह ब्वाईज(ए.बि.सी सेतो)लाई एक्स पोखराले १–० गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्यो । खेलको ७ औं मिनेटमा राजु गुरुङले गोल गर्दै एक्स पोखराको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दि म्याच बने । दोस्रो खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले लेकसाईड भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमै प्रकाश रानामगरले गरेको गोल निर्णायक बन्न पुग्यो । रानामगरले खेलको ६ औं मिनेटमा गोल गर्दै अन्तिम आठको स्थान पक्का बनाए । उनी खेलमा म्यान अफ दि म्याचको हकदार बने । तेस्रो खेलमा भने गण्डकी प्रदेशको टोली अनुपस्थिति हुदाँ बुटवल भेट्रान्सले वाक ओभर पायो ।
प्रतियोगितामा १२ टोलीले सहभगिता जनाएका छन् । विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउँदा सर्वोत्कृष्ठ खेलाडीले नगद १० हजार र उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राईकर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवं अमरसिंह ब्वाईज क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।
प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका गठबन्धनका कास्की १ खका उम्मेदवार दिपक गुरुङले गरेका थिए । उदघाटन समारोहमा वडा नं १० का निवर्तमान वडाध्यक्ष राजकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनिल गुरुङ, कास्की जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष महेश गुरुङ लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…