
(प्रदेश खेलकुद परिषद लोगो)
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले सम्मान गर्ने निर्णय गरेको छ । परिषदले आगामी मंसिर १८ गते आईतबार पदक विजेता खेलाडीलाई सम्मान गरिने परिषदका सदस्य सचिव घनश्याम पौडेलले जनाए ।
प्रदेश खेलकुदका सदस्य सचिव पौडेलका अनुसार खेलाडीसंगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ । गएको असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक जित्दै इतिहास कोरेको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिताकै इतिहासमा पहिलो पटक गण्डकी प्रदेशले सर्वाधिक पदक जितेको थियो । ३९ वर्ष पछि गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गरेको हो । प्रतियोगितामा अन्य छ प्रदेशलाई पछि पार्दै विभागीय टोलीपछि चौथो स्थानमा रहेको थियो ।
परिषदले आगामी आईतबार पोखरा रंगशालामा खेलाडीसंगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई सम्मान गर्ने जनाएको छ । गण्डकी प्रदेशले १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलका ३१ रजत प्राप्त गर्ने ९२ जना र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरी कुल ३२५ खेलाडी सम्मानित गर्ने जनाएको छ । त्यसै गरी पदक विजेता प्रशिक्षक ४६ र व्यवस्थापक ३५ जना गरी ८१ जना संगै २८ खेलसंघहरु समेत सम्मानित गर्न लागिएको परिषदले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा गरी गण्डकी प्रदेशबाट कीर्तिमान बनाएका आर्चरी खेलका जागृत गुरुङलाई सम्मान गरिने छ । जागृतले आफ्नै नाममा रहेको कम्पाउण्डतर्फको इभेन्टमा सातौं राष्ट्रिय खेलकुदमा बनाएको कीतिमान तोडेका हुन् ।सातौंमा उनले ६८९ अंक प्राप्त गरी रेकर्ड राखेका थिए भने नवौंमा उक्त रेकर्ड तोड्दै ६९८ अंक हासिल गरे । उनले सिंगल्स र टिमतर्फ स्वर्ण र मिक्सतर्फ रजत पदक जितेका थिए ।
रिषदले आर्थिक वर्ष २०७९÷०८०का लागि विनियोजित बजेट ४० लाख रुपैयाँ छुट्टाइएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले बताए । यसअघि पोखरा महानगरपालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता महानगरका खेलाडीलाई नगदसहित सम्मान गरेको थियो । महानगरले एकल तर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्नेलाई १० हजार र कास्य पदक जित्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँ नगदबाट सम्मानित गरेको थियो । टिम इभेण्टमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई भने नगद ५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…