
पोखरा-विभागीय क्लब सशस्त्र प्रहरीको चुनौतिलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा २२ औं आहा रारा पोखरा गोल्डकपको फाईनल प्रवेश गरेको छ । पोखराको मैदानमा दोस्रो उपाधिको खोजीमा रहेको संकटाले साविक विजेता सशस्त्रलाई लज्जास्पद हार चखायो ।
पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा संकटासँग सशस्त्र शुरुदेखि नै लर्बराएको थियो । त्रिभुवन आर्मी क्लबलाई क्र्वाटरफाईनलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज पन्छाउन दुई अफ्रिकन खेलाडी नायक बने ।
अफ्रिकन खेलाडीहरु बीचको आपसी तालमेलमा संकटाले एकपछि अर्को गोल निकाल्यो । काउण्टर एट्याकमा दुई गोलको सामना गरेको सशस्त्रले संकटा विरुद्ध खास आक्रमण बुन्न सकेन् । १९ औं संस्करणका विजेता संकटाले पहिलो गोलको ५ औं मिनेटमा निकाल्यो । सशस्त्रका दुई डिफेन्स र गोलकिपर बीचको आपसी समन्वय नहुदाँ पहिलो गोलको सामना गर्यो । मनबहादुर रानामगर र दिपेश धिमाल तथा गोलकिपर राजु नगरकोटी बीच समन्वय भएन् । व्याक पासदिने र गोलकिपरले क्लियर गर्ने भन्नेमै दुविधा रह्यो । यद्यपी राजु नगरकोटीले क्लियर गर्न खोजेको बल स्टेफन विनोङसँग रिफ्लेक्ट हुदैं गोलमा परिणत भएपछि संकटाले खुशी मनायो । सशस्त्र त्यसै गोलबाट मनोबल घट्न पुग्यो ।
पहिलो हाफ हुुनुभन्दा दुई मिनेट अघि मात्रै संकटाले दोस्रो गोल थप्यो । दोस्रो गोलको सामना गरेको सशस्त्र प्रहरी भने खेलमा फर्किने सम्भावना कमजोर बन्दै गयो । स्टेफन विनोङको क्रसपासमा मेसुकेले गोल गरे । स्टेफनलाई आयुष घालानले बल उपलब्ध गराएका थिए । घालानको पास कप्तान सुमन वललाई दिएका थिए । वलले पछाडि रहेका स्टेफनलाई छोडिदिए । स्टेफनले अनमार्क बसेका मेसुकलाई पास दिएका थिए ।
पहिलो हाफमा सशस्त्रले केही राम्रो अवसर सृजना गरेको थियो । ३ मिनेटमा युवराज खड्काले संकटाका डिफेन्डरलाई कटाउँदै हानेको प्रहार आन्द्र थिएरीले क्लियर गरेका थिए । १७ औं मिनेटमा नविन लामाको पासमा विकु तामाङको प्रयास क्रसबारमाथिबाट बाहिरियो । ३९ औं मिनेटमा पनि सनिष श्रेष्ठको क्रसपासमा बुद्धिमान राईको हेडर संकटाका गोलकिपरकै हातमा परेको थियो ।
पहिलो हाफमै २–० ले पछि परेको सशस्त्रले दोस्रो हाफ केही सुधारिएको प्रदर्शन गर्यो । तर स्कोरिङ निकाल्ने प्रयास भने ७४ औ मिनेटमा सम्भव रह्यो । त्यतिन्जेल सशस्त्रसँगको अन्तरलाई संकटाले फराकिलो बनाईसकेको थियो । खेलको ६१ औं मिनेटमा स्टेफनले काउण्टर एट्याकमै व्यक्तिगत दोस्रो गोल गरे । ७४ औं मिनेटमा सशस्त्रले आवास लामिछानेको पासलाई बैकल्पिक खेलाडी हरि कार्कीले गोल फर्काए । खेल टुंगिदाँ उनको गोल सशस्त्रले सान्त्वनाको रुपमा लियो । ८६ औं मिनेटमा संकटाले अन्तिम गोल गर्यो । गोलसँगै संकटाले खेल ४–१ को जित दर्ता गर्यो । आन्द्र थिएरीको लङ फ्रिकिकलाई असफाईड ट्रयाप विट गर्दै मेसुकेले व्यक्तिगत दोस्रो गोल गरे । दुई गोल गरेका स्टेफन म्यान अफ दि म्याच घोषित भए ।
एकपछि अर्को आक्रमण बुनेको संकटाले खेलको ६३ औं मिनेटमा गोलको अवसरलाई गुमायो । काउण्टर एट्याककै रणनीतिमा देखिएका संकटाका लागि स्टेफन विनोङको प्रयास सेकेण्ड बार नजिकिदैंबाट बाहिरिन पुग्यो । टोप विष्टलाई पास उपलब्ध गराएका थिए । सशस्त्रले ६६ औं मिनेटमा विकु तामाङले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बललाई संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाको खुट्टामा लागेर रिवाउण्ड भएको थियो ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाईनल खेल भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका र चर्च ब्वाईज युटाईटेड बीच हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…