
पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकी प्रदेशले स्वर्ण जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन् ।
पुरुषतर्फ गण्डकीकै प्रशान्त गुरुङले रजत, गण्डकीका सचिन खत्री र बागमती प्रदेशका राहुल दर्शनले कास्य जिते । महिलातर्फ सुदूरपश्चिम प्रदेशकी रेश्मा जैसीले रजत, प्रदेश १ का शान्त विक र सञ्जिवनी चौधरीले कास्य जिते ।
शनिबार खुल्लातर्फको प्रतिस्पर्धा हुनेछ । कास्की जिल्ला फेन्सिङ संघको प्राविधिक तथा व्यवस्थापनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा गण्डकी, बागमती, सुदूरपश्चिम, प्रदेश १, एपीएफकासहित ६० खेलाडीको सहभागिता छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…