
पोखरा–पोखरा रंगशालामा दोस्रो पटक मोटरबाईक रेस हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले आगामी मंसिर दोस्रो साता आयोजना गर्ने ‘फिस्टेल रेसिङ कप २०२३’ नेपालकै बृहत हुने दावी गरेको छ ।
‘लामो ट्रयाक भएको बाईक रेस हो । त्यसैले हामीले नेपालकै बृहत भएको अनुमान गरेका छौं’ भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाले भने–‘पहिला रंगशालाभित्रकै कालोपत्रेको पनि आधा बाटोलाई ट्रयाकको रुपमा प्रयोग गरेका थियौं । अहिले त्यसको दोब्बर हुन्छ ।’ पोखरालाई साहसिहक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यसहित बाइक रेस आयोजना गरिएको उनको भनाई थियो । ट्रयाक झण्डै डेढकिलोमिटर लामो हुने अनुमान छ । नोभेम्बर २४ र २५ तारिख (मंसिर ८–९ गते) हुने रेसको इभेण्टसँगै आयोजकले दर्शकको लागि फुड एण्ड म्युजिकलाई समावेश गर्ने जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीबाट बाईक रेसको लागि स्वीकृति लिईसकेको प्रालिका निर्देशक थापाले जानकारी गराए । रेसमा एकसय भन्दा बढी राईडरको सहभागिता रहने विश्वास उनको छ । ‘एक पटकमा दशजनालाई सहभागिता गराउँछौं’ उनले भने–‘टाईमल्यापको आधारमा छनोट गरिने छ ।’ उनका अनुसार आयोजकले छनोटको लागि दिने टाईम ल्यापभित्र आएको अवस्थमा मात्रै छनोट हुने छन् । प्रत्येक राईडरले १० ल्याप घुम्नुपर्ने हुन्छ । उत्कृष्ट टाईमिङकै आधारमा राईडर फाईनल ल्यापको लागि छनोट हुने उनले जानकारी दिए ।
–राईडरको पाँचलाखसम्मको उपचार विमा
– आफ्नै प्याडक टिम र मेकानिक अनिवार्य
–बाईकमा विदेशी स्टिकर(लोगो) प्रयोग गर्न नपाईने
राईडरले बाईकको टायर जुनसुकै ब्राण्डको प्रयोग गर्न पाउने छ । तर सफ्टर र हार्डर टायर हुनुपर्ने छ । त्यसैगरी राईडरले आफनो बाईकमा अन्तराष्ट्रिय ब्राण्डको स्टिकर(लोगो) वा अन्तराष्ट्रिय बाईक रेसरले प्रयोग गर्ने लोगो प्रयोग गर्न पाउँदैनन् । ‘नेपालकै जुनसुकै ठाँउ वा कृषिजन्य उत्पादनलाई लोगोको रुपमा प्रयोग गर्न पाउँछन’ उनले भने–‘विदेशी लोगो बाईकमा प्रयोग गर्न पाईदैन् ।’ निर्देशक थापाका अनुसार राईडरले सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाउनुपर्ने हुन्छ । नासा र आयोजकको मापदण्ड पुरा गरेका राईडरको दुर्घटना विमा हुने उनको भनाई थियो । ‘राईडरले आवश्यक सबै मापदण्ड पुरा गरेको हुनुपर्छ’ उनले भने–‘रेसमा भाग लिएका राईडरको सुरक्षाको मापदण्ड नपुगे विमाको सुविधाबाट बन्चित हुनसक्छन् ।’ आयोजकले पाँचलाखसम्मको दुर्घटना विमा गरेको छ । ‘राईडरलाई कुनै चोटपटक लागेको अवस्थामा अस्पतालमा पाँचलाखसम्मको उपचार विमाबाट हुन्छ ।’ उनको भनाई थियो ।

प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरि दुई प्रकारका बाइकहरुको प्रयोग हुने छ । उनका अनुसार राईडरले आफनै मेकानिक राख्नुपर्ने प्रावधान छ । ‘राईडरको टिम प्याडक(छाता ओढाउने) र मेकानिका हुनै पर्छ ।’ उनको भनाई थियो ।प्रालि इटालियन रेसिङ टिमको नेपाल शाखाको रुपमा रहेको छ । विदेशमा बाईक रेसलाई खेलकुदको रुपमा आयोजना गर्दै आएको छ । गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरुलाई दोश्रो संस्करणको तयारीसंगै लामो ट्रयाकमा आयोजना गर्ने जमर्को गरिएको सुनाए । रोड सेफ्टीका विषयमा समेत धेरै यूवाहरुलाई प्रशिक्षण प्रदान उनले सुनाए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमश जनही नगद रु १ लाख, ७५ हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । विजेता तीनै जना बाईक राईडरलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको लागि पठाईने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च अनुमान छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…