
पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरेका हुन् ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था मगर सहभागी बने ।
मञ्चका पूर्व सल्लाहकार पौडेलको २०७९ साल माघ १ गते विमान दुर्घटनामा परि निधन भएको थियो । पौडेलको सपना साकार बनाउने उद्धेश्यले सुरु भएको उक्त अक्षयकोषमा केही मात्रामा भएपनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष बरालले बताए । महासंघ गण्डकीले संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गर्ने जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…