
पोखरा-फेवाताल निकै व्यस्त छ । नियमित डुंगा सयर छदै छ । पछिल्लो समय ड्रागन बोट रेसले तालको रौनक थपिदिएको छ । गत वर्ष मात्रै ड्रागन बोट पोखरामा भित्रिएको हो । ड्रागन बोट चीनबाट पोखरा भित्रिएको वाटर स्पोर्टस हो । भित्रिएको वर्षदिनमा पटक पटक प्रतियोगितात्मक गतिविधिले पोखरालाई वाटर स्पोर्टसको हब बनाउने सम्भावना बढ्दै गएको छ ।
फेवातालमा दुई पटक ड्रागन बोट रेस आयोजना भईसक्यो । एक पटक पोखराकै अर्को ताल बेगनासमा आयोजना गरियो । ड्रागन बोट रेसकै लागि चीनबाट एक जम्बो टोली सिचुवान एयरलायन्स नै चार्टर गरेर पोखरा आउने गरेको छ । ड्रागन बोटरेसले पोखरालाई साहसिक खेलको गन्तव्य बनाउने समेत प्रेरित गरेको छ ।
पोखरामा नौ ताल छन् । नौ तालमध्ये तीन तालमा वाटर स्पोर्टसको सम्भावना छ । अन्य बाँकी ताल भने संरक्षणको लागि मत्स्य सहकारी संस्था मार्फत माछापालन गरिदैं आएको छ । ताल फ्ल्याट हुन्छन् । त्यसैले फ्ल्याट वाटर स्पोर्टसको सम्भावना बढी हुने गरेको छ ।
‘नेपालमा संसारकै वाटर स्पोर्टसको हब हुने ठाँउ हो । ५ हजार नदी नाला ताल तलैया कुण्ड छन् । ड्रागन बोट रेसले वाटर स्पोर्टसको सम्भावनाको ढोका भने खोलिदिएको छ ।’ साहसिक तथा पर्यटकीय खेल क्षेत्रमा कार्यरत खेल संघ अल्पाईन स्पोर्टस फेडेरेसन नेपाल अध्यक्ष गोविन्द भट्टराई बताउँछन् ।
एनका अनुसार ड्रागन बोट रेस बाहेक अन्य वाटर स्पोर्टस तर्पm भने स्थानीय निकाय एव प्रदेश सरकारले ध्यान दिन सके दीगो पर्यटन विकासमा टेवा पुग्छ । ड्रागन बोट रेस बाहेक अन्य इभेण्ट सञ्चालन नगर्ने हो भने दुईदिनको घामछायँ जस्तै हुने उनको भनाई थियो । पानीको खेल आयोजना गर्ने विश्वव्यापी संस्थाहरु छन् । ती संस्थासँग सहकार्य गर्न जरुरी छ । सहकार्य गर्दै पोखरामा अन्य वाटर स्पोर्टसका सम्भावनालाई उजागार गर्न जरुरी रहेको ठम्याई उनको थियो ।
पावर बोटिंग, जेट स्की(पानीमा कुदने मोटरसाईकल), वाटर स्की, मोटो सर्फ, जस्ता शुरुवात गर्न सक्ने सम्भावना देखिन्छ । जसले दक्षिण एशियाकै साहसिक खेलकुदको गन्तव्य बन्नेमा अल्पाईन स्पोर्टस फेडेरेसन नेपालले विश्वास लिएको छ ।
पोखरा महनगरपालिकाका प्रमुख धनराज आचार्यले ड्रागन बोट रेस राज्यको तहबाट आयोजना गरेको सुनाउँदै वाटर स्पोर्टसको सम्भावना रहेको बताए । ‘तालहरुको पर्यावरण नबिगर्ने गरी वाटर स्पोर्टसको लागि अध्ययन हुदैं छ ।’ उनको भनाई थियो । प्रमुख आचार्यले राज्यको तहबाट गरिएको बोट रेससँगै अन्य खेलका सम्भावनालाई पनि संघसंस्था अग्रसर हुनुपर्नेमा जोड दिए । महानगरले बेगनास ताललाई पोखरालाई वाटर स्पोर्टस हब बनाउने प्राथमिकतामा राखेर काम अघि बढाईने स्पष्ट पारे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…