
पोखरा-पोखराको ड्याम साइड क्लवको आयोजनामा यही माघ २० गते देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि हुने बिद्यालयहरुले यही माघ १८ गते साँझ ५ः०० बजे भित्र सम्पर्क गर्न सकिने भएको जनाए । दर्ता निःशुल्क रहेको उक्त प्रतियोगितामा करिब १९ बिद्यालयहरुको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको अध्यक्ष बरालले जनाए ।
प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरुले मात्र सहभागि हुन पाउने छन् । ७ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।
हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको प्रतियोगिताका संयोजक विनोद परियारले जनाए ।। त्यसै गरी प्रतियोगितामा अनुशासित टिम र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
गत बर्षको विजेता शान्ति निकुन्ज बोर्डिङ स्कुल रहेको क्लवका महासचिव राकेश श्रेष्ठले ब बताए । बालोदय बोर्डिङ स्कुल भने उपविजेता भएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…