कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा चन्द

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३० गते २०८३ मा प्रकाशित


पोखरा-कास्की जिल्ला क्रिकेट संघको चौथो अधिवेशनबाट आगामी चार वर्षे कार्यकालको लागि दिपेन्द्रप्रताप चन्दको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

अध्यक्षमा चन्द ४० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिपेश खत्रीले केवल २७ मत प्राप्त गरे । चन्द तीन कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल उपाध्यक्ष हुदैं अध्यक्षमा निर्वाचित भएका हुन् । खत्री भने अन्तराष्ट्रिय क्रिकेटर हुन् । उनी पोखराको पहिलो उमेर समूहको अन्तराष्ट्रिय क्रिकेटर हुन् । हाल उनी यु १९ महिला गण्डकी प्रदेश महिला क्रिकेटका प्रशिक्षक समेत हुन् ।

उपाध्यक्षमा चन्द्रकुमार गुरुङ(जिम्मी) ३९ मतसहित विजयी बने । उनको प्रतिस्पर्धी विरेन पुन २३ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवको जिम्मेवारी विजय राउतको काँधमा आईपुगेको छ । लामो समय प्रादेशिक क्रिकेट संघ र कास्की जिल्ला क्रिकेट संघको कार्यलय सहयोगीको भूमिका रहँदै आएका राउतले ४५ मत प्राप्त गरे । उनका प्रत्यासी कमल थापा भने २२ मत प्राप्त गरे ।

कोषाध्यक्षमा दुर्गा चन्द(४३) विजयी भए । बविन कुँवर भने २३ मत प्राप्त गरे । चन्द यसअघिको कार्यसमितिमा समेत कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सदस्यहरुमा ऋषिकेश शर्मा, विधान श्रेष्ठ, गोविन्द प्रधान, भोज बराल, दिलिप अग्रहरी, आशिष बराल, पूर्णचन्द्र न्यौपाने, जयप्रकाश थापा, गुना लोयली, देवेन्सन प्रजु र दिपक बराल रहेका छन् ।

अधिवेशनका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले गरेका थिए । अधिवशेनमा क्रिकेटर अर्जुन कुमाल, विपिन खत्री, सुवास भण्डारी, रोहित चन्द, सिब्रिन श्रेष्ठ तथा सोहेल कुँवरलाई नगदसहित सम्मान गरिएको थियो । संघका अध्यक्ष सन्जयकान्त सिग्देलले आफनो आठवर्षे कार्यकालमा क्रिकेटको विशेष स्मारिका समेत लोकापर्ण गरेका थिए ।