दुई अण्डरसहित नगरकोटी बने मास्टर नेपाल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १५ गते २०८३ मा प्रकाशित


मुस्ताङ-नेपाली शीर्ष बरियताका गल्फर भुवन नगरकोटी सर्वाधिक उचाईको गल्फ कोर्षमा दुई अण्डर ५४ को कार्ड बनाउँदै माष्टर नेपाल बनेका छन् । झण्डै ४८ सय मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा नगरकोटीले दुई अण्डर खेल्दै ५४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्न सफल भए । प्रतिकुल मौसमका कारण केवल १४ होलमा समेटिएको खेलमा उनले दुई अण्डर खेलेका हुन् । जुन पाँचौ संस्करणसम्म आईपुग्दा पहिलो पटक अण्डरको स्कोरको कार्ड बन्यो ।

ेटी फर क्लाईमेट नाम दिइएको प्रतियोगितामा नेपालका शीर्ष बरियता पाँच गल्फरको सहभागिता रहेको थियो । १८ होल पार ७२को कोर्षमा प्रतिकुल मौसमका कारण गल्फरले १४ होल पार ५६ नग पुरा गरेका थिए । नगरकोटीले १४ होल समाप्तीमा दुई अण्डर ५४ स्कोरको कार्ड बनाउँदै माष्टर नेपालको उपाधि जितेका हुन् । स्ट्रोक प्लेमा खेलाइएको प्रो गल्फर प्रतिस्पर्धामा पहिलो अनुभव सगाँल्ने क्रममा निरज तामाङ भने तीन ओभर ५९ को कार्डमा रहँदै उपविजेता बने।

अर्का प्रो गल्फर दिनेश प्रजापति ५ ओभर ६१ स्कोरसहित तेस्रो स्थानमा रहँदा सन्जय लामा भने प्रजापति भन्दा एक स्ट्रोकले पछि परे । उनी चौथो स्थानमा रहेर सर्वाधिक उचाईका गल्फ कोर्षको अनुभव बटुले । स्वास्थ्यको समस्यासँगै जयराम श्रेष्ठ भने फ्रन्ट नाईन पुरा गरेर वाक ओभर दिए । उनले बाँकी पाँच ओभर पुरा गर्न सकेनन् । प्रतियोगितामा नेपालकै उत्कृष्ट ५ जना सहभागी थिए । च्याम्पियन बनेका नगरकोटीलाई नेपाल मास्टर घोषणा गर्दै नगद ७५ हजार सहित मास्टर कोट प्रदान गरियो । दोस्रो भएका तामाङले ५० हजार तथा तेस्रो, चौंथो र पाँचौ हुनेलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
र्
चौंथो संस्करणसम्म एमेच्योर गल्फरले मात्रै सहभागिता जनाउँदै आएका थिए । पाँचौ संस्करणमा आईपुग्दा व्यवसायिक गल्फर प्रतियोगिता समावेश गरिएको आयोजक मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए ।
एमेच्योर तर्फ बावु विजयी

टप अफ द वल्र्ड गल्फ क्लासिकको एमेच्योर तर्फको प्रतिस्पर्धामा पाँचौ संस्करण बाबुकुमार पौडेलले जिते । मौसम खराबीका कारण एमेच्योर तर्फ पनि १५ होल खेलाइएको थियो । स्टेबल फोर्ड फरम्याटमा खेलिएको प्रतिस्पर्धामा उनले २८ अंक बटुलेका हुन् । २५ अंक सहित भक्तराज गुरुङ रनरअप भए । उनीसँगै जीवराम गुरुङले पनि २५ अंक बटुले । यद्यपी काउण्ट ब्याकमा भक्तलाई रनरअप बने ।

ग्रस तर्फको उपाधि उदिम कुमार राईले जितेका छन् । उनी २ ह्याण्डिक्याप गल्फर हुन् । उनले १७ अंक बटुलेका हुन् । सिनियर तर्फको विजेता भने जीवराम गुरुङ बन्न सफल भए । उनी कास्की जिल्ला गल्फ संघका अध्यक्ष समेत हुन् । महिला तर्फ २६ अंकका साथ आस्था दुलाल विजयी बनेकी छिन् । महिला तर्फ भने १८ होलको प्रतिस्पर्धा गराईएको थियो । बालकाशी गुरुङ ् २१ अंकसहित रनर–अप बनिन । पुरुषतर्फ १८ र महिलातर्फ ३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

विधागत रुपमा मोस्ट बर्डिजतर्फ बाबु कुमार पौडेल घोषित भए । उनले ३ बर्डिज हिर्काए । लङ्गेस्ट ड्राइभ राम तामाङ बन्दा क्लोजेस्ट टु द पिनको उपाधि जान्वी गुरुङको पोल्टामा पर्यो । विजेतालाई ट्रफी प्रदान गरिएको छ । नेपालको भोटेकोशी लगायत नदीहरुमा आएको बाढी र देशमा बढ्दो जलवायु परिवर्तनको असरलाई उच्च स्थानको गल्फ कोर्सबाट विश्वको ध्यानाकर्षण गराइएको विष्टले बताए ।

File Pic