शारीरिक सुगठनका खेलाडी छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १२ गते २०८३ मा प्रकाशित


धन बस्नेत,कास्की
प्रदेश शारीरिक सुगठन संघ गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न इभेण्टमा शारिरीक सुगठनका खेलाडीहरु छनोट गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले कार्तिक १७ गतेभित्र प्रदेशका खेलाडी छनोट गरिसक्नुपर्ने परिपत्र गरेपछि शारीरिक सुगठनका खेलाडीहरु छनोट गरिएको हो ।

छनोट भएका खेलाडीहरुमा अम्मर थापा(पुरुष ५५ केजी), चनबहादुर थापा(६० केजी), आकाश गुरुङ(६५ केजी), शिशिर थापा(७० केजी) रहेका छन् । त्यस्तै अशोक शेरचन(७५ केजी), कुलबहादुर श्रेष्ठ(८० केजी) र युक्तराज दुरा(८० केजीमाथि)को तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष स्पोर्टस फिजिक तर्फ निरज थापा मगर(१७० सेन्टिमिटर), रिवाज थापा १७० सेन्टिमिटर भन्दा कम), शक्तिमान थापा (१७० सेन्टिमिटर माथि), यमन्त गुरुङ(१७० सेन्टिमिटरभन्दा कम)को उचाईमा प्रतिस्पर्धा गर्ने गण्डकी शारीरिक सुगठन संघले जनाएको छ ।

अमर आलेमगर(क्लासिक फिजिस खुला तर्फ), पर्साराम घर्ती (फिटनेस फिजिक खुला), जीया गुरुङ(मोडल फिजिक खुला), आशा चौधरी(महिला एथलिट फिजिक खुला), विपना कुमाल(फिजिक १७० सेन्टिमिटरसम्म), सम्झना न्यौपाने(बडिबिल्डिङ खुला) र अनुपा चौधरी थता यमन्त गुरुङ(जोडी फिटनेस) इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् ।