
नेपालगन्ज(खेलाडी न्युज)-गण्डकी प्रदेश महिला हक्कीमा स्वर्ण पदक नजिक पुगेको छ । आज स्वर्ण पदकको लागि गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गर्दै फाईनल सुरक्षित गरेको हो । ५८ औं मिनेटमा रेविका विकले गोल गर्दै फाईनल पुर्याएका हुन् । खेल टाईब्रेकर तर्फ उन्मुख हुदैं गएको अवसथामा उनले दुई डिफेन्सलाई कटाउँदै गोलकिपर मात्रै भएको अवस्थामा गोल गरिन् ।
आर्मीले दुई पेनाल्टीको अवसर पाएको थियो । तर अवसरलाई सदुपयोग गर्नबाट चुक्यो । यद्यपी गण्डकी प्रदेशले पनि तीन पेनाल्टीको अवसर पाएपनि उपयोग गर्न भने सकेनन् । शारीरिक रुपमा बलिया आर्मीलाई पराजित गरेपछि फाईनलमा अझ प्रभावकारी प्रदर्शन रहने महिला हक्की टिमका व्यवस्थापक हिमाल खड्काले बताए ।
उता पुरुष तर्फ भने नेपाल आर्मीले नेपाल पुलिसलाई टाईब्रेकरमा ४-१ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समयमा एक एक गोल गोल भएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । विजेता खेलाडीलाई नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का तथा नेपाली सेना नेपालगन्जस्थित बाहिनीका बाहिनीपति किरण पौडेल लगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…