
पोखरा-कास्की जिल्ला साईक्लिङ संघको सहकार्यमा आजदेखि दोस्रो संस्करणको पोखरा एन्ड्युरो(साईक्लिङ रेस)शुरु हुदैं छ । आज बुधबार पहिलो दिन साईक्लिष्टहरुलाई रुटको बारे जानकारी दिने उद्देश्यसहित प्रशिक्षण रहने छ । पोखरा १३ आर्वाविजयमा हुने प्रतिस्पर्धा बिहीबार र शुक्रबार दुईदिन प्रतिस्पर्धा हुने छ ।
विभिन्न ५ स्टेजमा हुने प्रतिस्पर्धामा १३ देशका ६० जना साईक्लिष्टहरुले प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ एक नेपालीसहित चारजनाले सहभागिता जनाएका छन् । प्रतिस्पर्धाको पूर्व सन्ध्यमा मंगलबार साँझ सहभागि साईक्लिष्टहरुलाई प्रतिस्पर्धाको बारे जानकारी गराईएको थियो । रेस निर्देशक सुनिलचन्द्र शर्माले सम्पूर्ण जानकारी गराएका थिए ।
प्रतिस्पर्धामा पुरुष तर्फ इलाईट, महिला खुल्ला, जुनियर, भेट्रान्स र सुपर जुनियरको इभेण्टमा प्रतिस्पर्धा ुहने छ । प्रत्येक रुट फरक फरक छ । रुट केही अति नै जोखिमयुक्त रहेको संकेत समेत जनाइएको छ । साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले वर्षेनी आयोजना गरिने यो प्रतिस्पर्धाले साहसिक खेलको प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । पोखरा १३ का वडाध्यक्ष किरण बरालले दोस्रो संस्करणलाई अझ भब्य बनाउने तर्फ वडा जुटेको बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…