पोखरा एन्ड्युरो साईक्लिङ रेस

- छ वटा डाउनहिल ट्रेल पुरा गर्नुपर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १६ गते २०८२ मा प्रकाशित


पोखरा-पोखरा एन्ड्युरोका साईक्लिङ रेसको तेस्रो संस्करण यही कार्तिक २७ देखि पोखरा १३ आर्बाविजयमा हुदैं छ । साईक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दुरीमा विभिन्न ९ देशका साईक्लिष्टले प्रतिस्पर्धा गर्ने छन् ।

एन्ड्युरो साईक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ । विभिन्न ६ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने डाउनहिल डष्क प्रालिले जनाएको छ । प्रालिका प्रवन्धन निर्देशक एवं रेस निर्देशक सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित, अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान र श्रीलंकाका साईक्लिष्टहरुलको सहभागिता रहने छ । ओमानको राष्ट्रिय टिम नै सहभागिता जनाउने उहाँले बताउनुभयो । उहाँका अनुसार ६० जना साईक्लिष्टले पोखरा एन्ड्युरोमा उपस्थिति जनाउने छन् ।
जुनियर(१२देखि १८ वर्षसम्म), पुरुष एलिट( १९ वर्षमाथि) खुल्ला महिला(१९ वर्षदेखि माथि), माष्टर ए पुरुष (३० देखि ३९वर्षसम्म) माष्टर बी पुरुष( ४०देखि ४९ वर्षसम्म) र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा हुने प्रालिले उल्लेख गरेको छ । ३० वर्षदेखि साइक्लिङ क्षेत्रमा काम गर्दै आएका रेस निर्देशक शर्माले आर्वालाई साईक्लिङको गन्तव्य बनाउन आफुहरुले विगत तीन वर्षदेखि प्रतिस्पर्धा गर्दै आएको सुनाउनुभयो ।

आर्वालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित प्रालिले सन २०२० देखि काम शुरु गरेको थियो । विभिन्न ६ वटा साईक्लिङ रेसको लागि ट्रेल बनाईएको छ । ट्रेल बनाउन प्रालिले वर्षेनी ५ लाख रुपैयाँ खर्च गर्दै आएको छ । पाँचवर्षको अवधिमा २५ लाख रुपैयाँ खर्च गरिएको जनाउँदै निरन्तर पानीले समस्या बनाएको ट्रेल मर्र्मतदेखि नयाँ ट्रेल निर्माण गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार साईक्लिङको आवश्यक पूर्वाधार बनाउँदै अगाडि बढिने छ । ट्रेल बनाउन सम्बन्धित सरोकार निकाय तथा स्थानीय संघसंस्थाले पनि सहयोगी भूमिका खेल्दै आएको उहाँले स्मरण गर्नुभयो ।

रेस निर्देशक शर्माले गएको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले प्रतिस्पर्धालाई गम्भीर असर गरेको जनाउँदै असर गरेपनि यो अवस्थामा नगरिने पोखराबाटै एन्ड्युरो प्रतिस्पर्धा नै पलायन हुने जिकिर गर्दै केही सहज भएकोले इभेन्टलाई निरन्तरता दिइएको बताउनुभयो । सुरक्षाको लागि १४ जनाको मेडिकल टिम तयारी अवस्थामा रहने उल्लेख गर्नुभयो । दुईजना चिकित्सक र चार एम्बुलेन्ससहितको मेडिकल टिमले रेष्क्यु गरिने बताउनुभयो । प्रतिस्पर्धीले ६ वटा ट्रेल पुरा गर्नुपर्ने हुन्छ ।

प्रतिस्पर्धामा उत्कृष्ट पाँच(प्रत्येक इभेन्टका)लाई साईक्लिङ एशोसिरिज पुरस्कार स्वरुप प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट जम्प गर्ने साईक्लिष्टले ३० हजार बराबरको पुरस्कार प्रदान गरिने प्रालिले जनाएको छ । ३० हजार पुरस्कार बी एण्ड बी हस्पिटलले प्रायोजन गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले पोखरा एन्ड्युरो मार्फत पोखरालाई साईक्लिङ हब बनाउन सकिए साहसिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।