ब्याडमिन्टन

पुष्पलाल ब्याडमिन्टनको ११ औं संस्करण फागुण पहिलो साता

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृती र्याङ्गकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११ औं संस्करण आगामी फागुण ३ देखि ७ गते सम्म आयोजना हुने भएको छ । नखिपोट, ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब ९ब्याडमिन्टन सर्कल०ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको रुपमा आफृुलाई उभ्याएको छ ।नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघ संग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल… पुरा पढौ

काठमाण्डु टिम च्याम्पियनको उपाधी टेलिकमलाई

काठमाडौ- राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रणको उपाधी नेपाल टेलिकमले जितेको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए । दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजबंशीमाथि हावी भईन् । राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह… पुरा पढौ

सिल्क ग्रुप र टेलीकम फाईनलमा

काठमाडौं- सिल्क ग्रुप र नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रित उपाधी नजिक पुगेको छ । दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २ –० को अग्रता लिए । बिकासले बिद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले बिद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए… पुरा पढौ

महानगर वडास्तरीय व्याडमिन्टनमा वडा नं १६ च्याम्पियन

पोखरा-महानगर वडास्तरीय व्याडमिन्टनको उपाधि पोखरा महानगरपालिका वडा नं १६ ले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो । पोखरा रंशगालास्थित व्याडमिन्टन कभर्ड हलमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा पुरुष एकल तर्फ विशाल खड्का(१६)ले आफनै वडाका ईशान खड्का(१६)लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । विशालले ईशानलाई पराजित गर्ने क्रममा २३–२५,२१–१९ र २१–१८ को सेटका नतिजा निकाल्दै स्वर्ण जिते । विशन… पुरा पढौ

महानगर वडास्तरीय व्याडमिन्टन, सेमीफाईनल र फाईनल भोलि

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि महानगर वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फमेनुका गुरुङ ¬(१०), चन्द्रा छन्त्याल(१५), शितल केसी(१६) र आकृति केसी (१०) महिला एकल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् । पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा आयोजित वडास्तरीय व्याडमिन्टनमा मेनुका गुरुङले नमूना खड्का(१६)लाई २१–१६,२१–१६ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् । त्यसैगरी चन्द्र छत्यालले आयुष्मा नेपाल(१८)लाई २१–१०, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाईन् । शितल केसी(१६)ले अनु राना(१५)लाई १६–२१, २१–१६, २५–२३ को सेटमा पराजित गर्दै… पुरा पढौ

पोखरा रंगशालामा वडास्तरीय व्याडमिन्टन प्रतियोगिता भोलिदेखि

पोखरा-प्रत्येक वडामा खेल मैदान पोखरा महानगरपालिकाको योजना हो । अधिकांश वडामा खेलमैदानको नाममा व्याडमिन्टन कोर्ट बनाएका छन् । महानगरपालिका खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगिता सोमबारदेखि शुरु हुने छ । पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा प्रतियोगिता शुरु हुने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगरले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको हो ।महानगर खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टनसँगै महानगरपालिका खुल्ला टेवल टेनिस प्रतियोगिता समेत आयोजना गरेको छ । व्याडमिन्टन प्रतियोगिता व्याडमिन्टन कभर्ड हलमा सोमबार… पुरा पढौ

बिधान र बिशालको जोडीलाई हरिसिद्धि ब्याडमिन्टन उपाधी

काठमाडौं-कास्कीका बिधान अधिकारी र बिशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी उचालेका छन् । उक्त जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधी उचालेका हुन् । बिधान र बिकासको जोडीले पविन र सुरोजको जोडीलाई बा¥हबिसे कपमा पनि पराजित गर्दै उपाधी उचालेका थिए । बिजयी टिमले ५० हजार नगद मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिमले २५ हजार सहित मेडल, ट्रफी र प्रमाण… पुरा पढौ

बाह्रबिसे कपको रत्न, नविन, प्रफुल र दीपेश सेमिफाईनलमा

काठमाडौं-सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ्ग, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाईनलमा प्रफुल महर्जनसंगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका नविन श्रेष्ठले सेनाकै… पुरा पढौ

प्रकाशको मिश्रित प्रदर्शन

काठमाडौं-नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन् । चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले समान १–१ जित÷हार आत्मसात् गरे । एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे । दोश्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए । अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानी विरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २… पुरा पढौ

ब्याडमिन्टनमा नयाँ आयामको थालनी

काठमाडौ-नेपाली ब्याडमिन्टनको ईतिहासमा नयाँ आयामको थालनी भएको छ । काठमाण्डौ ब्याडमिन्टन एकेडेमीले ब्याडमिन्टन खेलको प्रर्वधन गर्ने लक्ष अनुरुप राष्ट्रिय खेलाडीहरुलाई कर्पोरेट हाउसहरुसंग जोड्दै नयाँ आयामको सुरुवात गरेको हो । एकेडेमीले पुष ६ देखि ९ गते सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गर्ने कुमारी बैंक काठमाण्डौ टिम च्यामिपयनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा नेपाली ब्याडमिन्टन खेलाडीहरुलाई कर्पोरेट हाउसहरु संग आवद्ध गर्दै ब्याडमिन्टन खेलको प्रवर्धनमा नयाँ आयामको थालनी गरेको हो । आज पत्रकारहरुको विचमा उच्च ८ बरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरुलाई सार्वजनिक गर्दै… पुरा पढौ