
ब्याडमिन्टन
पोखरा-प्रत्येक वडामा खेल मैदान पोखरा महानगरपालिकाको योजना हो । अधिकांश वडामा खेलमैदानको नाममा व्याडमिन्टन कोर्ट बनाएका छन् । महानगरपालिका खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगिता सोमबारदेखि शुरु हुने छ । पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा प्रतियोगिता शुरु हुने छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगरले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको हो ।
महानगर खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टनसँगै महानगरपालिका खुल्ला टेवल टेनिस प्रतियोगिता समेत आयोजना गरेको छ । व्याडमिन्टन प्रतियोगिता व्याडमिन्टन कभर्ड हलमा सोमबार र मंगलबार हुने छ भने टेबल टेनिस प्रतियोगिता मंगलबार र बुधबार हुने छ ।
महानगर खेलकुद विकास समिति गठनपछि यो दोस्रो र तेस्रो प्रतियोगिता हुन् । पहिलो प्रतियोगिताको रुपमा महानगर खेलकुद विकास समितिले १० किलोमिटर खुल्ला दौड प्रतियोगिता गत असोजमा आयोजना गरेको थियो । व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता खास गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै नवप्रतिभा खेलाडी प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।
महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले व्याडमिन्टनमा ८० खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । टेबल टेनिसमा ५० जना खेलाडीले सहभागिता जनाउने उनले बताए । व्याडमिन्टन बेष्ट अफ थ्रीमा खेलाईने छ । टेबल टेनिस भने लिगको आधारमा खेलाईने छ । ब्याडमिन्टन प्रतियोगितामा ८० जना खेलाडीहरु र टेबुल टेनिस प्रतियोगितामा ५० जना खेलाडीहरुले पुरुष÷महिला (सिङ्गल्स र डबल्समा) प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडी साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्धारा पुुरस्कृत गरिने उनले बताए । च्याम्पियन वडालाई ट्रफिद्धारा पुरस्कृत गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ । अन्र्तराष्ट्रिय पदकधारी खेलाडी साफ मेडलिस्ट पुनम गुरुङ र अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुर्याए बापत टप्स माध्यामिक बिद्यालयलाई सम्मान गरिने समेत समितिले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…