
काठमाडौं-सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।
मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा पुरुष एकल तर्फ सेनाका रत्नजित तामाङ्ग, नविन श्रेष्ठ र प्रफुल महर्जन तथा एपिएफका दिपेश धामी अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् ।
रत्नले नेपाल पुलिसका दीपक बोहरालाई २१–६,२१–१० ले पराजित गर्दै सेमिफाईनलमा प्रफुल महर्जनसंगको भेट पक्का गरे । महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१७, २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जन माथि २१–१२, २१–१५ को जित निकाले । नविनले अव फाईनल प्रवेशका लाग एपिएफका दिपेश धामी संग प्रतिस्पर्धा गर्ने छन् । धामीले पुलिसका बिष्णु कटुवाललाई २१–१०, २१–१४ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
पुरुष युगल तर्फ सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीले अन्तिम चारमा स्थान बनाएका छन् । महर्जन र लिनथेपको जोडीले बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१३, २२–२० को सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । अव यस जोडीले बुटवलका सुशिल गिरी र बिवेक न्यौपानेको जोडी संग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गिरी र न्यौपानेको जोडीले साईनो स्पोर्टस् हलका अभिषेक बोस र सुजन थापाको जोडीलाई २८–२६, २१–१६ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
यस्तै सेमिफाईनल प्रवेश गर्ने अर्को जोडीमा कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी रहेका छन् । सो जोडीले एपिएफका एशिया जवेगु र नविन सिलवालको जोडीलाई २२–२०, १२–२१, २१–१६ को सेटमा पराजित गर्दै सेमिफाईनलमा बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीसंग प्रतिस्र्धा गर्ने भएका छन् । डङ्गोल र महर्जनको जोडीले बा¥हबिसेका अभिषेक गुरुङ्ग र त्रिपुरासुन्दरीका आषिश तामाङ्गको जोडीलाई २१–१८, १३–२१, २१–१४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
सिल्क ग्रुपको प्रायोजन, बा¥हबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा महिला एकल तर्फ सेनाकी अमिता गिरीले सेनाकै रोज पाण्डेलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरिन् । अव अमिताले फाईनल प्रवेशका लागि पुलिसकी निता लम्सालको सामना गर्ने छिन् । लम्सालले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१२ ले पराजित गरिन् । अर्को खेलमा सेनाकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियालाई २१–९, २१–१० ले पराजित गर्दै सेमिफाईनलमा सेनाकै अनुमाया राई संगको भेट पक्का गरिन् । राईले सेनाकै प्रेक्षा राईलाई २१–११, २१–१३ ले पराजित गर्दै सेमिफाईन पुगेकी हुन् ।
प्रतियोगिताको सेमिफाईनल तथा फाईनल खेल भोली शनिवार सम्पन्न हुने प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्यले जाकारी गराएका छन् ।
५ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा शिर्ष तीनस्थान हात पार्ने खेलाडीहरुले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरुले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…