
पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि महानगर वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फमेनुका गुरुङ ¬(१०), चन्द्रा छन्त्याल(१५), शितल केसी(१६) र आकृति केसी (१०) महिला एकल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् ।
पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा आयोजित वडास्तरीय व्याडमिन्टनमा मेनुका गुरुङले नमूना खड्का(१६)लाई २१–१६,२१–१६ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् । त्यसैगरी चन्द्र छत्यालले आयुष्मा नेपाल(१८)लाई २१–१०, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाईन् । शितल केसी(१६)ले अनु राना(१५)लाई १६–२१, २१–१६, २५–२३ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गर्दा आकृति केसी(१०)ले पनि अनिता गुरुङ(वडा नं ७)लाई २१–११, २१–१९ को सेटमा पराजित गरेकी थिईन् ।
महिला डबल्स तर्फ नै शितल केसी र नमूना खड्का(१६) ले मीन पुन र पुनम पुन(३०)को जोडीलाई २१–१० र २१–१९ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् । चन्द्रा छन्त्याल र माया पुन(१५)को जोडीले स्वीकृति उदास र सृष्टिका उदास(३)को जोडीलाई २१–१२, २१–४ को से्टमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । मेनुका गुरुङ र आकृति केसी(१०), माया गुरुङ र सर्मिला थापा(१४)लाई २१–१४, २१–११ को सेटमा पराजित गरिन् । बाई पाएर पुनम गुरुङ र यामकुमार गुरुङ(१०) सेमिफाईनल प्रवेश गरेको छ ।
पुरुष डबल्स तर्फको उदघाटन खेलमा वडा नं १४ का मनु कार्की र सन्तोष मिश्रको जोडीले वडा नं १६ का भीम छन्त्याल र मीन गुरुङको जोडीलाई २२–२०, २१–१६ को सेटमा पराजित गरे । पहिलो सेटमा १०–५ ले अग्रता लिएको अवस्थामा गुरुङ र छन्त्यालको जोडीले १९–१९ को स्थितिमा पुर्याउँदै कडा प्रतिस्पर्धामा उत्रिए ।
पुरुष डबल्स तर्फकै प्रतिस्पर्धामा वडा नं १५ का विशान गुरुङ र रोज रानाको जोडीले देव थापा र कुमार गुरुङ(२९)लाई २१–१६, २१–११ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । त्यस्तै राजेन्द्र गुरुङ र गुमानसिंह गुरुङ(७)ले जघन घले र दुक्तमान गुरुङ(८)लाई २१–९, २१–१२ को सेटमा पन्छाए । ओम थापा र हेमन्त राई(६)ले विकास गुरुङ र अर्जुन गिरी(१७)को जोडीलाई २१–१८, २१–१८ को सेटमा पराजित गरेका थिए ।
दिनेश श्रेष्ठ र रवि थापा(१६)को जोडीले बलबहादुर श्रीस र प्रितम गुरुङ(२९)को जोडीलाई २१–१९, २१–१६ को सेटमा पराजित गरे । सन्तोष गुरुङ र अमृत गुरुङ(२९)ले पदम जिसी र दयाराम पन्त(१२)को जोडीलाई २२–२०, ७–२१ र २१–३ को सेटमा पराजित गरेका थिए । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले गरे । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको उदघाटन समारोहमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली लगायतले खेलकुदको चर्चा गरेका थिए ।
प्रत्येक वडामा खेल मैदान पोखरा महानगरपालिकाको योजना अनुसार अधिकांश वडामा खेलमैदानको नाममा व्याडमिन्टन आउटडोर कोर्ट निर्माण गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगरले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको महानगर खेलकुद विकास समितिका अध्यक्ष गोदारले जानकारी दिए ।
महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का अनुसार प्रतियोगिता अन्तर्गत चार इभेण्टमा १४० जना खेलाडी कोर्टमा उत्रिएका छन् । पुरुष एकल, पुरुष डबल्स, महिला एकल र महिला डबल्स इभेण्टमा प्रतिस्पर्धा गराईएको प्रतियोगिताका संयोजक भुगोल गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडी साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्धारा पुुरस्कृत गरिने छ । च्याम्पियन बन्ने वडालाई ट्रफी प्रदान गरिने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…