दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्टमा भारत १३५ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)- भारत विरुद्धको दोस्रो टेष्टमा पनि जित्दै दक्षिण अफ्रिकाले २—० ले अग्रता लिएको छ । पहिलो टेष्टमा ७३ रनले पराजित भएको भारत दोस्रो टेष्टमा अझ फराकिलो १३५ रनले पराजित हुन पुग्यो ।

दक्षिण अफ्रिकासँगैको दोस्रो टेष्टको पाँचौ दिन भारतले खराब लयबाट गुज्रियो । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३३५ रन र दोस्रो इनिङ्समा २५८ रन बनाई भारतलाई व्याटिङको लागि बोलावट गरेको थियो । भारतले ३०७ रनमा इनिङ्स टुग्याएको थियो । दोस्रो इनिङ्स १५१ रनमा अलआउट हुन पुग्यो । कप्तान विराट कोहली ५ रनमा एलबी डब्लुको शिकार भएपछि भारतीय व्याट्सम्यान क्रिजमा जम्न निकै कठिनाई देखियो । कोहलीलाई नगिदीले २२ औं बलमा एलबी डब्लुको शिकार बनाए । जतिबेला उनी केवल ५ रनमा बनाई क्रजमा थिए ।

भारतका लागि सर्वाधिक रन आरजी शर्माले बनाएका छन् । उनले ४७ रन बनाई आउट भए । बाब्डाको बलमा उनी एबीडि भिलियर्सले क्याच आउट गरे । मोहम्मद सामीले २८ रनमा आउट भए । सामी र शर्माले भारतको लयलाई केही माथि उठाउने प्रयास गर्दै क्रिजमा जमेका थिए । शर्मा आउट भएपछि दबावमा रहेको भारत फेरी सामीलाई गुमाएपछि टेष्ट बराबरी गर्ने सम्भावनाबाट टाढिसकेको थियो । सामी नग्दिको बलमा मोर्केले क्याचआउट भएपछि पवेलियन फर्किए ।
पुजारा १९, पटेल पनि १९ रनमा पवेलियन फर्किएका थिए ।

अन्यले दोहोरो अंकको रन नबनाउँदै दक्षिण अफ्रिकी बलरले पवेलियनको दिशा देखाईदिएका थिए । दक्षिण अफ्रिकाका लागि एबी डि भिलियर्सले ८० रन बनाएका थिए । त्यस्तै डी एल्गरले ६१, एफ ड्यु प्लेसिकले ४८ रन र फिल्याण्डरले २६ रनको योगदान दिदैं २५७ रन बनाएको थियो।