
पोखरा(खेलाडी न्युज)-भर्खरै मात्रै विद्यालयको शैक्षिक सत्र शुरु भएको छ । शैक्षिकसत्रसँगै कास्की जिल्ला बास्केटबल संघले बास्केटबल एकेडेमी शुरु गरेको छ । एकेडेमी सञ्चालन गर्दै संघले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दिपक कोइरालाले प्रशिक्षणको उद्घाटन गरे । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरु प्रशिक्षण लिने छन् । प्रशिक्षकहरु प्रदिप रसाइली र शिव पुनले बास्केटबलको बारेमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण गराउने छन् । प्रशिक्षकद्वय उनीहरु बास्केटबलको लेभल २ (टु) उत्तीर्ण प्रशिक्षकहरु हुन् । गण्डकी प्रदेशका प्रशिक्षक समेत रहेका रसाइलीले प्रशिक्षार्थीलाई करिब ३ महिना प्रशिक्षण दिईने जानकारी गराए ।
अर्थ विकास समितिका सभापति दिपक कोइरालाले प्रशिक्षणबाट बास्केटबलको उत्कृष्ट खेलाडी बन्न प्रशिक्षार्थीहरुलाई शुभकामना दिए । प्रशिक्षणबाट खेलाडीलाई अनुशासन रहेर खेल कौशल सिक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जिल्ला खेलकुद विकास समिति मातहतको खेलकुद संघहरुमध्ये बास्केटबल संघ उत्कृष्ट संघ बनेको उल्लेख गरे ।
संघका सल्लाहकार नारायणप्रसाद शर्माले प्रशिक्षणले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने विचार व्यक्त गरे । कास्की जिल्ला बास्केट बल संघद्धारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन समेत गरिएको थियो । सांसद दिपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र बास्केटबल संघका सल्लाहकार नारायणप्रसाद शर्मालगायतले क्यालेण्डर विमोचन गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…