
पोखरा(खेलाडी न्युज)-पोखरमा क्योकुशिन कान कराँतेका ब्लाक बेल्टसहित डान प्राप्त खेलाडीहरुलाई प्रशिक्षण दिइएको छ । नेपालका विभिन्न डोजो सञ्चालन गर्दै आएका सिनियर खेलाडीहरुलाई आधारभूत कुमुते(फाईट)को नियमहरुको बारेमा प्रशिक्षण गराईएको हो । प्रशिक्षणमा नेपालका विभिन्न जिल्लाबाट झण्डै १ सय सिनियर खेलाडीको उपस्थिति रहेको छ ।
प्रशिक्षण चार दिनसम्म चल्ने छ । खेलाडीहरुलाई दक्षिण अफ्रिकाका ८ डान इन्टरनेशनल क्योकुशिन कान कराँतेका प्रमुख एवं अन्तराष्ट्रिय पब्लिक रिलेसन स्वीकृत प्राप्त व्यक्ति हेनी बोसम्यानले प्रशिक्षण दिईरहेका छन् । उनीसँगै नेपालका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले समेत प्रशिक्षण दिएको पश्चिमञ्चल प्रमुख दिपकबहादुर गोदारले जानकारी दिए ।
क्योकुशिन कान कराँते संघ कास्कीले तीजकै अवसरमा प्रथम खुल्ला नेपाल राष्ट्रव्यापी कराँते च्याम्पियनसिप समेत आयोजना गरेको थियो । प्रतियोगिता लगत्तै सिनियर खेलाडीलाई फाईटका नियमहरु सम्बन्धी आवश्यक प्रशिक्षण दिइएको हो । प्रशिक्षणको क्रममा परिवर्तन नियमहरुको बारेमा जानकारी गराइएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…