मन्थ्ली मेडल गल्फ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ११ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) –कास्की जिल्ला गल्फ संघले मासिक रुपमा गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ । सेप्टेम्बरको मन्थ्ली मेडलको उपाधि जीवराम गुरुङले जितेका छन् । उनले पार ७० को कोर्षमा १ अण्डर ३७ स्कोर कार्ड बनाउँदै उपाधि जितेका हुन् । स्टेबल फोर्डको फरम्याटमा आयोजना गरिएको प्रतिस्पर्धामा २१ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । राजु थकालीले २ ओभर ३४को कार्ड बनाउँदै रनर अफ हुदाँ बलराम थापा भने ३ ओभर ३३ खेल्दै तेस्रो स्थानमा खुम्चिए । उनीहरुलाई भारतीय पेन्सन क्याम्प पोखराका मेजर शिवप्रसाद सिंहले ट्रफी प्रदान गरेका थिए ।

उता गल्फको लागि जग्गा अझै प्राप्ती भएको छैन् । जग्गा प्राप्त नहुदाँ गल्फ कोर्ष बन्ने सम्भावना छैन् । गण्डकी प्रदेश सरकारले गल्फ कोर्ष बनाउन पोखरा १६ स्थित सेतीनदी किनारको सिचाईको जग्गालाई उपयुक्त ठहर गरेको हो । सिंर्चाइको जग्गा उपयुक्त भएपनि बीच बीचमा व्यक्तिगत जग्गाकै कारण अहिले टुंगो भईसकेको छैन् ।

पोखरा १७ मुस्ताङचोक स्थित गल्फ कोर्षको टे«नि«ङ सेन्टर(गल्फ एकेडेमी)लाई ड्यामसाईड युथ क्लबले भोगाधिकार गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले त्यही गल्फ टे«निङ सेन्टरको विकास गर्ने उद्देश्य सहित ६० लाख रुपैयाँ छुट्टाएको छ । सिचाईको जग्गालाई गल्फ कोर्ष बनाउने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार पार्न ४० लाख रुपैयाँ छ । गल्फको लागि एक करोड रुपैयाँ छुट्टाएपनि काम भने अगाडि बढन सकेको छैन् ।

‘गल्फलाई एक करोड रुपैयाँ प्रदेश सरकारले छुट्टाएको छ ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भूबहादुर गुरुङले भने–‘६० लाख रुपैयाँ गल्फ एकेडेमीलाई र ४० लाख रुपैयाँ डिपिआर बनाउन छुट्टाईएको छ ।’ डिपिआरको लागि सिंचाईको जग्गासँगै व्यक्तिगत जग्गाकै कारण समस्या भएको उनको भनाई थियो । गण्डकी प्रदेश सरकारले भने जग्गा प्राप्तीको विषयमा खासै प्रतिक्रिया जनाएको छैन् । सामाजिक विकास मन्त्री नरदेवी पुनसँग टेलिफोन सम्पर्क गर्न खोजिएपनि सम्पर्क हुन सकेन् ।

गल्फ संघले मुस्ताङको जग्गा लामो समयदेखि भाडामा लिएर भोग चलन गर्दै आएको छ । क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने गरी आवश्यक पुर्वाधार बनाउने योजना बनाएको छ । गल्फले पनि गल्फ प्रशिक्षण गराउने तर्फ ध्यान केन्द्रीत गर्दै आएको छ । ‘गल्फ एकेडेमी सञ्चालन गर्ने योजना हो । त्यही अनुसार जग्गा भाडामा लिएका हौं ।’ उनको भनाई थियो –‘तर अहिले क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरेको छ । फुटबल एकेडेमी र गल्फ एकेडेमी सञ्चालन गर्न सकिन्छ त्यसको लागि समय तालिका अनुसार काम गर्न जरुरी छ ।’

पोखरामा आगामी वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । आयोजनाको लागि गल्फको पुर्वाधार तयार पार्नुपर्ने खाँचो छ । मुस्ताङचोकस्थित गल्फ एकेडेमीलाई संघले प्रतियोगिता सञ्चालन पुर्व प्रशिक्षण स्थलको रुपमा प्रयोग गर्ने गरी प्रदेश सरकारको बजेटबाट काम गर्ने योजना छ । ‘६० लाख रुपैयाँले एकेडेमीको लागि आवश्यक पुर्वाधारसहित मैदानमा ग्रिनरीसहित होल बनाइने छ ।’ उनले भने–‘टी र होल बनाए प्रशिक्षण गराउन सकिन्छ ।’ नियमित प्रशिक्षणकै अभावमा गल्फको विकास र विस्तार हुन नसकेको जिकिर गल्फ संघले गरेको छ ।